IME Life New

लगानीकर्तालाई आशा लाग्दो बन्यो: सिद्धार्थ बैंक, तेश्रो त्रैमाशिकको मुनाफामा राम्रो ग्रोथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले तेश्रो त्रैमाशिक अबधि अर्थात् आर्थिक बर्ष २०७४/०७५ को पहिलो ९ महिनामा आफ्नो नाफा गत वर्ष सोहि समयको भन्दा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । गत वर्ष सोहि समय मा बैंक ले ९५ करोड नाफा कमाएको थियो भने चालु आर्थिक वर्ष को तेश्रो त्रैमाशिकमा २५ करोड रुपैंयाँ बढाएको छ।

सिद्धार्थले ७५ अर्बमा रहेको निक्षेपलाई बढाएर ८९ अर्ब पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि एक अर्ब ८६ करोडबाट बढाएर २ अर्ब २० करोड पुर्याएको देखिन्छ ।

Esewa
Crest

बैंकले ३८ करोेड प्रोभिजन गर्दा २६ करोड राइट ब्याक प्राप्त गरेको छ । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ ।बैंकको स्प्रेड दर ३.६८ प्रतिशत कायम छ भने सिसिडी रेसियो ७८.१० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ११.३० प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS