IME Life New

प्रिमियम मूल्यमा शेयर निष्काशनका लागी बीमा प्राधिकरणकाे स्वीकृति कुर्दै हिमालयन रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । निजी क्षेत्रकाे प्रवर्द्धन रहेकाे पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्याेरेन्सले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गर्ने भएकाे छ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एम बेष्टले सार्वजनिक गरेकाे क्रेडिट रेटिङमा हिमालयन रि इन्स्याेरेन्सले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्नका लागी नियामक(नेपाल बीमा प्राधिकरण) समक्ष निवेदन पेश गरिसकेकाे उल्लेख छ।

एमबेष्टका अनुसार प्रिमियम मूल्यमा शेयर निष्काशनका लागी नियामकबाट यसै मार्च महिनाभित्र स्वीकृति प्राप्त भइसक्नेछ। हिमालयन रि इन्स्याेरेन्सले ३ अर्ब रुपैयाँ थप चुक्ता पूँजी जुटाउनका लागी प्रिमियम मूल्यमा ३ कराेड कित्ता साधारण शेयर निष्काशन गर्दैछ । याे कम्पनीमा गाेल्छा समूह, शंकर समूह, रमेश कर्प, कान्तिपुर मिडियाका मालिक कैलाश सिराेहिया लगायतकाे कूल ७ अर्ब रूपैयाँ संस्थापक शेयरवापत पूँजी लगानी छ।

Esewa
Crest

संभावित साधारण शेयर निष्काशनलाई आधार मानेर हिमालयन रिइन्स्याेरेन्सलाई अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एमबेष्टले पुनः वित्तीय क्षमता परिक्षण गर्दै समीक्षा अन्तर्गत राखेर पुरानै रेटिङलाई कायम राखेकाे छ।   एम बेष्टले मार्च १ मा सार्वजनिक गरेकाे प्रेस विज्ञप्तीमा हिमालयन रिलाई वित्तीय सबलताका लागी बि(फेयर) र दीर्घकालीन निष्काशनकर्ताकाे रूपमा डबल बी प्लस(फेयर) रेटिङ प्रदान गरेकाे हाे। यसअघि फेब्रुअरी २४ २०२२ मा करिब एक वर्ष अघि पनि यही रेटिङ प्रदान गरेकाे थियाे ।प्राथमिक शेयर जारी कार्य सम्पन्न नहुँदा सम्म रेटिङ पुनर्विचार अन्तर्गतकाे श्रेणीमा नै रहनेछ।

एम बेष्टले सार्वजनिक गरेकाे प्रेस विज्ञप्तीमा सर्वसाधारणकाे शेयर लगानी पछि हुने पूँजी वृद्धिले कम्पनीकाे वासलातकाे क्षमता सुधार हुने उल्लेख गरेकाे छ। शेयरधनीकाे पूँजी लगानी अहिलेकाे भन्दा दाेब्बर बढी भएर ३ अर्ब रुपैयाँ र थप शेयर प्रिमियम प्राप्त हुनेछ।

२०७८ काे असार महिनामा सीमित दिन काराेबार गरेकाे हिमालयन रि इन्स्याेरेन्सले आर्थिक वर्ष २०७७।७८ काे काराेबार वर्ष र आर्थिक वर्ष २०७८।७९ काे काराेबार वर्ष सहित कूल २ काराेबार वर्ष गणनाकाे आधारमा कम्पनी मुनाफामा रहेकाे दाबी सहित प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेकाे छ। लगातार दुई आर्थिक वर्षसम्म मुनाफा कमाएकाे कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य(अंकित मूल्यभन्दा थप रकम लिएर) शेयर बिक्री गर्न पाउने प्रावधानकाे आधारमा शेयर निष्काशनकाे तयारी गरेकाे हाे । आर्थिक वर्ष २०७७।७८ काे असार ३१ गतेदेखि हिमालयन रिले कागजी काराेबार शुरु गरेकाे दाबी आर्थिक वर्ष २०७७।७८ काे प्रतिवेदनमा उल्लेख छ। मुश्किलले २ दिन काराेबार गरेकाे वर्षलाई पुरा वर्ष मानेर आर्थिक वर्ष २०७८।७९ सम्म पुरा दुई आर्थिक वर्ष मुनाफा आर्जन गरेकाे दाबीका  आधारमा शेयर निष्काशन गर्न खाेजेकाे छ ।

आर्थिक वर्ष २०७८।७९ मा हिमालयन रिइन्स्याेरेन्सले ८६ कराेड ७९ लाख रुपैयाँ कुल पूनर्बीमाशुल्क र २७ कराेड ३९ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ। लगानीवापत प्राप्त आम्दानी ५७ कराेड ५७ लाख रुपैयाँ रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

21%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS