IME Life New

दोहोरो अंकले परिसुचक बढ्दा कारोबार अर्बमाथि, चिलिमेमा ओइरिए लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ६ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । साताको सुरुवातदेखि नै लगातार बढेको नेप्से आज २५ दशमलज ३० अंकले बढेर १ हजार ३ सय ८८ दशमलव ३१  बिन्दुमा बजार बन्द भएको छ ।
दैनिकजसो बजार दोहोरो अंकले माथि चढ्दा कारोबार रकम पनि अर्ब माथि नै छ । बुधबार १ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा बिहीबार १६८ कम्पनीको १ अर्ब ११ करोड ५५ लाख रुपैयाँमाथिको शेयर खरिदबिक्री भएका छन् ।

चिलिमेको सर्वाधिक कारोबार

Esewa
Crest

बिहीबारको कारोबारमा चिलिमे जलविद्युतको शेयर सर्बाधिक कारोबार भएको छ । प्रतिकित्ता ९ रुपैयाँ सेयर मूल्य बढेको कम्पनीको ४ करोड २१ लाखभन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंकको ३ करोड ९८ लाख रुपैयाँ बढीको, सानिमा माई हाइड्रोको ३ करोड ५३ लाखभन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ ।

बीमा समूह ५१ अंकले बढ्यो

यसदिन ट्रेडिङ बाहेकका अन्य सबै समूहमा हरियाली छाएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी ५१ दशमलव २३ अंकले बढेको छ । त्यस्तै बैंकिङ समूह २४ दशमलव ५१ अंकले, जलविद्युत समूह ४४ दशमलव ८७ अंकले, लघुवित्त समूह १४ दशमलव २६ अंकले, विकास बैंक १६ दशमलव ५७ अंकले, होटल २१ दशमलव ३२ अंकले बढेका छन् ।

यता, अन्य २९ दशमलव ६६ अंकले, उत्पादन तथा प्रशोधन समूह ७ दशमलव ९८ अंकले र वित्त समूह ३ दशमलव १३ अंकले बढेका छन् । ट्रेडिङ समूहमा भने आज २ दशमलव २ अंकको गिरावट आएको छ ।

कमाउनेमा प्रोग्रसिभ, गुमाउनेमा सहयोगीका लगानीकर्ता

बिहीबारको कारोबारमा सर्वाधिक कमाउनेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मुल्य आज ९ दशमलव ९३ प्रतिशतले बढेको छ । त्यस्तै खानीखोला जलविद्युत, जनउत्थान सामुदायिक लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको सेयर ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यसैगरी, सर्वाधक गुमाउनेमा भने आज सहयोगी विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य ७ दशमलव २० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS