IME Life New

बीमाको पहुँचसँगै विकृति पनि बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


नेपालको बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरु थपिए पछि बीमाको पहुँच बढेसँगै विकृति पनि बढ्दै गएको छ । अस्वस्थ्य प्रतिस्पर्धाको कारण बीमा कम्पनीहरुले जथाभावी रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बीमा समितिको पछिल्लो तथ्यांक अनुसार बीमाको पहुँच १७ प्रतिशतले बढेको छ । नयाँ कम्पनीहरुको प्रवेशसँगै बीमाको पहुँच पनि बढेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको दाबी छ । तर, बजारमा विकृति पनि उत्तिकै बढेको जानकारहरु बताउँछन् ।

Crest

बैंकास्योरेन्सको गलत अभ्यास
नेपालमा नयाँ कम्पनी भित्रिएसँगै बैंकास्योरेन्सको गलत अभ्यास हुन थालेको छ । अहिले प्रत्येक दिन बैंकास्योरेन्सका समाचार पढ्न पाईन्छ । तर, कानुनी रुपमा नै नभएको बैंकास्योरेन्सको कम्पनीहरुले गलत प्रचार गरिरहेका छन् । प्रतिस्पर्धा कै कारण कम्पनीहरुले प्रत्येक दिन कुनै न कुनै बंैकसँग सम्झौता गरेको बीमा कम्पनीका एक कर्मचारी बताउँछन् । बैंकास्योरेन्स सम्झौता भनेर प्रचार गर्दा व्यवसाय बढ्ने भएकाले यस्तो गलत प्रचार गरिएको उनले बताए । बैंकास्योरेन्सको व्यवस्था नै छैन । त्यसैले कम्पनीहरुले बैंकास्योरेन्स सम्झौता भन्न नपाउँने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । तर, यस बिषयमा न त बीमा समितिले कडाईका साथ नियमन गरेको छ न त कम्पनीहरुले गलत प्रचार गर्न छाडेका छन् ।

बैंकका कर्मचारीलाई बीमाको टार्गेट
संस्थागत अभिकर्ताको सम्झौता गरिएको बैकहरुले अहिले धमाधम बीमा पोलिसी विक्री गर्न थालको छन् । बंैकहरुले आफना कर्मचारीलाई जबरजस्ती बीमा पोलिसी विक्री गर्न बाध्य पारेका छन् । जसका कारण एकातिर कर्मचारी निरुत्साही छन् भने अर्कोतिर बीमाको बारेमा जानकारी नभएका बंैक कर्मचारीले गलत तरिकाले बीमा पोलिसी विक्री गर्न थालेका छन् ।

निशुल्क बीमाको खेती
बीमा कम्पनीहरु प्रतिस्पर्धामा आएपछि बजारमा निशुल्क बीमा गरिने भ्रम फैलाईएको छ । कतिपय बैंकहरुले बचत खाता खोले बापत विभिन्न किसिमका बीमा गरिदिने भन्ने भ्रामक समाचार फैलाउँन थालेका छन् ।

ऋणी र निक्षेपकर्तालाई जबरजस्ती बीमा
बैंकहरुले अहिले ऋणी र निक्षेपकर्तालाई जबरजस्ती बीमा गराउँन थालेका छन् । बैंकास्योरेन्स सम्झौता भन्दै सेवाग्रहीलाई अनिवार्य रुपमा बीमा गराउँन थालिएको छ । बंैकको यस्तो प्रावधानका कारण सेवाग्राहीहरु आजित भएका छन् । कतिपय बैंकले बीमा नगरिकन कर्जा नै नदिने भए पछि सेवाग्राही मर्कामा परेका छन् ।

कर्मचारी र अभिकर्ता तानातान
नेपालमा बीमाको पहुँच थोरै भएको भन्दै बीमा समितिले नयाँ कम्पनीलाई सञ्चालनको अनुमती दिएको हो । तर, नयाँ कम्पनी आएपछि बजारमा कर्मचारी खोसाखोस हुन थालेको छ । नयाँ कम्पनीहरुले बढी सेवा सुविधा दिएर पुराना कम्पनीका कर्मचारी खोस्न थालेका छन् । यसरी थप सुविधा दिदाँ एकातिर कम्पनीको सञ्चालन खर्च बढेको छ भने अर्कोतिर कर्मचारीले कम्पनीको अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । यसैगरी अभिकर्ताको पनि यस्तै हालत छ । अभिकर्ताहरु जुन कम्पनीले सुविधा धेरै दिन्छ उत्तै जान थालेका छन् ।

नयाँ कम्पनी थपिएसँगै बीमाको पहुँच बढेपनि नियमनकारी निकायले व्यवस्थापन गर्न नसक्दा विकृति पनि बढ्दै गएको छ । यसलाई समयमा नै नियन्त्रण नगर्ने हो भने नेपालको बीमा बजार जोखिममा पर्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS