IME Life New

महाधिवेशन र निर्वाचन स्थगित हुँदा देशभरका रेडक्रसकर्मी मर्मा्हित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


आईतबार साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, काठमाडौँकोे निर्देशनात्मक पत्र पठाएकोमा नेपाल रेडक्रस सोसाइटीको सिँगो परिवार दुःख व्यक्त गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको विधानअनुसारे २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको महाधिवेशनको लागि देशभरका रेडक्रसकर्मीहरू धरानमा सहभागी भईसकेको थियो ।

Esewa
Crest

महाधिवेशनका प्रतिनिधिहरूको दर्ता लगायत महाधिवेशनको सम्पूर्ण तयारी भइसकेर निर्वाचनको समेत तयारी अन्तिम चरणमा पुगेको अवस्थामा त्यसबारे औपचारिक जानकारी गराउन पत्रकार सम्मेलनसमेत आयोजना भइसकेको अवस्थामा आकस्मिक रूपमा स्थगित आइपुगी र ती सबै प्रकृया कार्यक्रम स्थगित गनुपरेको छ ।

उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अध्ययन भइरहेको सन्दर्भले मात्र मानवीय क्षेत्रमा सरकारको सहयोगीको भूमिकामा रहेको, नेपाल सरकारको प्रतिवद्धताबमोजिम अन्तर्रा्ष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको र सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नको लागि निर्देशन जारी भएकाले संस्थाले अन्याय भएको महसुस गरेको छ ।

नेरेसोका पूर्व अध्यक्ष श्री रमेशकुमार शर्मा निर्वाचन अधिकारीको रूपमा चयन भई निर्वाचनसँग सम्बन्धित कार्य पनि सुरू भएको अवस्थाको बारेमा स्पष्ट पारेका थिए ।

महाधिवेशनको लागि पहिल्यै धरानमा सहभागी भएका नेरेसो केन्द्रीय कार्यसमितिका ३१ मध्ये ३० जना पदाधिकारी र सदस्यहरूले केकासको बैठकमा गम्भीर छलफल गरी उक्त पत्र संस्थाको हित र प्रचलित कानुन अनुकूल समेत नभएकोले कानूनी उपचारको लागि सम्मानित अदालतमा जाने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS