काठमाण्डाै । स्वास्थ्य बीमा बाेर्डले बीमितबाट संकलित बीमाशुल्क रकम र अन्य आम्दानीवापतकाे रकम मुद्दती निक्षेप र कल निक्षेपमा जम्मा गर्नका लागी वाणिज्य बैंकसँग प्रस्ताव आह्वान गरेकाे छ । बाेर्डले माघ १२ २०७९ भित्र शिलबन्दी दरभाउ पत्र दर्ता गर्नका लागी सार्वजनिक सूचनामार्फत् आह्वान गरेकाे हाे ।
बाेर्डले नेपाल राष्ट्र बैंकबाट सुधारात्मक कारवाहीमा नपरेकाे, चुक्ता पूँजी कायम गरेकाे, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेकाे, विगत ३ वर्षदेखि नाफामा रहेकाे र संचित नाेक्सानी नभएकाे, निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएकाे वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेकाे छ । सम्बन्धित बैंकलाई मुद्दती वा कल निक्षेप स्वीकार्न चाहेकाे रकम र ब्याज दर समेत स्पष्ट खुलाएर प्रस्ताव पेश गर्न बाेर्डले अनुराेध गरेकाे छ।