काठमाडौं, वैशाख ५ । बुधबार शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । परिसुचक वृद्धि भएसँगै आज कारोबार रकम पनि अर्ब नाघेको छ । आज १६५ कम्पनीको १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँको शेयर किनबेच भएको छ ।
दिनभर जस्तै उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ३१ दशमलव ८३ अंकको वृद्धिसँगै १ हजार ३ सय ६३ दशमलव १ अंकमा पुगेर बजार बन्द भएको हो । कारोबारमा आएका सबै समूह उकालो लागेसँगै सगम्र बजार बढेको हो ।
युनाईटेडमा झुम्मिए लगानीकर्ता
बुधबारको शेयर कारोबारमा सबैभन्दा बढी युनाईटेडको शेयर किनबेच भएको छ । कम्पनीको ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै चिलिमे जलविद्य’त कम्पनीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
कमाउनेमा ङादी गुमाउनेमा एसियन लाईफ
उसदिन सर्बाधिक कमाउनेमा ङादी ग्रुप पावरका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन पावर पार्टनर, नयाँ नेपाल लघ’वित्त विकास बैंकको शेयर म”ल्य पनि १० प्रतिशतले बढेको छ ।