IME Life

नेपाल पुनर्बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ९९ करोड, निर्जीवन बीमा व्यवसायको आकार धेरै

SPIL
NIC ASIA

चालु आवको दोस्रो त्रैमासको अवधिमा नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ७९ करोड २० लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा व्यवसायबाट १९ करोड ८६ लाख ३९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय र निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ९९ करोड ६ लाख ७८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार निर्जीवन व्यवसायबाट बढी बीमाशुल्क आर्जन गर्न सफल भएको देखिन्छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेका वित्तीय विवरण अनुसार सो अवधिमा ५५ करोड ७९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले आर्जन गरेको उक्त नाफा मध्ये ५० करोड १२ लाख १ हजार रुपैयाँ निर्जीवन बीमा व्यवसाय तर्फ रहेको छ । भने कम्पनीले ५ करोड ६७ लाख ५९ हजार रुपैयाँ जीवन बीमा व्यवसायबाट कमाएको हो ।

कम्पनीले ५२ करोड ७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जसमा निर्जीवन बीमा व्यवसायबाट ४५ करोड ९९ लाख ९२ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ । भने ६ करोड १५ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ ।

कम्पनीले निर्जीवन बीमा व्यवसाय तर्फ २९ करोड ९२ लाख १६ हजार रुपैयाँ र जीवन बीमा व्यवसाय तर्फ ३ करोड ८७ लाख १९ हजार दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको जगेडा कोषमा १ अर्ब १७ करोड ३० लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ३६ लाख ४१ हजार रुपैयाँ रकम रहेको छ । पुनर्बीमा कमिशन बापत ४ करोड ३५ लाख ९७ हजार आर्जन गरको छ । ७४ करोड ८ लाख रुपैयाँ पुनर्बीमा कमिशनमा खर्च गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS