Connect IPS
IME Life

ठेक्का सुरु नहुँदा इन्जिनियरीङ बीमाको बजार खुम्चियो, मोटर बीमाको व्यवसाय बढ्न थाल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले ठेक्का पट्टा आह्वान नगर्दा ‘इन्जिनियरिङ तथा ठेकेदार सम्पुर्ण जोखिम बीमा’को बजार खुम्चिएको छ । गत असार महिनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कमा यस्तो बीमालेख तर्फको व्यवसायको हिस्सा ३२.५४ प्रतिशत थियो । अहिले मंसिर महिनामा मात्रै यसको बजार हिस्सा १६.०१ प्रतिशतमा खुम्चिएको छ ।

मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा इन्जिनियरिङ तर्फको बीमा शुल्क २ अर्ब ५५ करोड मात्रै छ । गएको वर्ष नेपाल बीमा प्राधिकरणले यस्तो बीमालेख जारी गरि ठेक्कपट्टामा हुँदै आएको कागजी बीमालाई निरुत्साहित पारेको थियो । यसले गर्दा निर्जीवन बीमा कम्पनीको व्यवसायको पोर्टफेलियोमै परिवर्तन ल्यायो । मोटर बीमामा मात्रै निर्भर रहदै आएका निर्जीवन बीमा कम्पनीहरुलाई ठुलो राहत प्रदान गर्यो ।

Prabhu
Crest

बैंकहरुले विस्तारै कर्जा प्रवाह गर्न थालेकाले गत असारको तुलनामा यस मंसिर महिनासम्ममा सम्पत्ती बीमाको हिस्सामा केहि बृद्धि भएको छ । गत असारमा सम्पत्ती बीमाको बजार हिस्सा १६ प्रतिशत मात्रै रहेकोमा मंसिर महिनासम्ममा २१.७४ प्रतिशत पुगेको छ । कम्पनीहरुले सम्पत्ती बीमा मार्फत मंसिर महिनासम्ममा तीन अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेका छन् ।

सरकारले आयातलाई निरुत्साहित पार्दा सामुद्रिक बीमाको पोर्फेलियो भने घटेको छ । गत असारमा यस्तो व्यवसायको बजार हिस्सा ३.४८ प्रतिशत रहेकोमा यस वर्ष ०.०६ प्रतिशतमा झरेको छ । हवाइको पोर्टफेलियोमा पनि सुधार आएको छ । गएको वर्ष कोभिड १९ कारण हवाइ बीमामा गिरावट आएको थियो । यस वर्ष हवाई बीमाको बजार हिस्सा ५.०३ प्रतिशत पुगेको छ । कम्पनीले यस बापत ८० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस वर्ष मोटर बीमाको बजार हिस्सामा केहि सुधार देखिन्छ । खासमा यसको हिस्सा बढ्नुमा इन्जिनियरिको बजार हिस्सा खुम्चिएर नै हो । कम्पनीहरुले मंसिर महिनासम्ममा ५ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ३४.३० प्रतिशत रहेको छ ।

विविध तर्फको बजार हिस्सामा पनि सुधार देखिन्छ । कम्पनीहरुले विविध तर्फ एक अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कृषि तथा वाली बीमाको बजार हिस्सामा भने खासै सुधार छैन । कम्पनीहरुले यस तर्फ ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेका छन् । खासमा यस तर्फ बीमा कम्पनीको ध्यान एकदमै कम छ । लघु बीमाको व्यवसायमा सामान्य सुधार हुँदा कम्पनीहरुले तीन करोड १२ लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS