Connect IPS
IME Life

कर्जाकाे ब्याज दर महँगाे बनाएकाे नेपाल लाईफले कर्जा भुक्तानीका लागी बीमितलाई जबरजस्ती गर्न थाल्याे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । बीमालेख कर्जाकाे ब्याज दर महँगाे बनाएकाे नेपाल लाईफ इन्स्योरेन्सले अग्रिम वा आंशिक दाबी वापतको रकम भुक्तानी गर्दा समेत बीमित सामू अत्तो थाप्न लागेको छ । बीमितले बीमालेखको शर्त अनुसार पाउनुपर्ने अग्रिम भुक्तानी (सर्भाइभल बेनिफिट) वापतको रकम भुक्तानी दिने समयमा नेपाल लाईफले बक्याैता रहेकाे साँवा र ब्याज चुक्ता गर्न बाध्य पार्दै महँगाे ब्याज दरमा पुनः कर्जा लिन दबाब दिन थालेको हाे ।

बीमा ‍‍ ऐन २०७९, बीमा नियमावली २०४९, जीवन बीमालेख निर्देशिका २०७८ र नेपाल लाईफले जारी गरेकाे बीमालेखकाे शर्तहरुमा समेत उल्लेख नभएकाे शर्त तेर्स्याएर अग्रिम भुक्तानीवापत बीमितले प्राप्त गर्ने रकम भुक्तानी लिन आउँदा कुनै कर्जा रकम लिएकाे छ भने साेकाे ब्याज र साँवा समेत चुक्ता भएपछि बाँकी रहने रकम मात्र भुक्तानी गर्न थालेकाे हाे । बीमितलाई कर्जाकाे साँवा र ब्याज रकम भुक्तानीका लागी बाध्य पार्नकाे लागी कम्पनीकाे उच्च व्यवस्थापनले अनधिकृतरुपमा आन्तरिक निर्देशन नै जारी गरेकाे छ ।

Prabhu
Crest

सर्भाइभल बेनिफिट वापतकाे रकम भुक्तानी लिन जाँदा सबै कागजपत्रमा हस्ताक्षर गराई सकेपछि काउण्टरमा बसेकाे कर्मचारीले तपाईकाे पुरानाे साँवा र ब्याज तिर्नुपर्नेछ हामी हिसाब मिलान गरिदिन्छाै‌, पैसा पाउनुहुन्न भन्दै प्रतिकृया दिएपछि म ट्वाँ परे । पुरानाे तिरेर पुनः कर्जा झिक्नुस् पाइहाल्नुहुन्छ भन्दै सुझाव पनि दिन पछि परेनन् । मैले लिएकाे कर्जाकाे ब्याजदर १० प्रतिशत छ,मंगलबार नेपाल लाईफकाे शाखामा भेटिएका बीमित सुरेन्द्र लाल श्रेष्ठले भने,अब कर्जा लिने हाे भने १२ प्रतिशत लाग्ने अरे, ठाउँकाे ठाउँ २० प्रतिशत बढी ब्याज तिर्ने गरी कर्जा लिने ?

मेराे अभिकर्ताले बीमाबाट लिएकाे कर्जाकाे ब्याज दर स्थिर हुन्छ, अनि साँवा जहिले तिरे पनि हुन्छ भन्दै मलाई आश्वत पारेकाे राम्ररी सम्झना छ, अर्का पीडित सन्ताेष अधिकारीले गुनासाे गर्दै भने, अहिले (अग्रिम भुक्तानीकाे) पैसा लिन जाँदा (पैसा) दिन मिल्दैन, साँवा पनि तिर्नुपर्छ भन्दै दबाब दिइरहेका छन् ।

नेपाल लाईफको प्रमुख स‌ंचालन अधिकृत समेत रहेका वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनीले इन्स्याेरेन्स खबरसँगकाे पहिलो सम्पर्कमा बीमालेख कर्जा चुक्तापछि मात्र सर्भाइभल बेनिफिटको रकम भुक्तानी दिने गलत अभ्यास भए उच्च व्यवस्थापन तहमा सल्लाह गरेर सच्याउने प्रतिकृया दिएका थिए । तर उच्च व्यवस्थापनसँगकाे सल्लाहपछि दोश्रो पटकको सम्पर्कमा आएका उनले पहिले देखि नै यस्तो अभ्यास गर्दै आएको प्रतिकृया दिंदै कर्जाकाे साँवा र ब्याज असुलीका लागी बाध्य बनाउने कार्यलाई नीतिगतरुपमै निरन्तरता दिइने आशय व्यक्त गरे ।

प्रतिकृयाका लागी प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीलाई पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । त्यसैगरी कम्पनीकाे सूचना अधिकारी विनाेद कुमार भुजेलले पनि यसबारे प्रतिकृयाका लागी सम्पर्कमा आउन चाहेनन् ।

बीमितको हितलाई सर्वोपरी ठान्नुपर्नेमा बीमितलाई नै दुःख दिने काम नेपाल लाईफबाट पछिल्लाे समयमा निरन्तर हुन थालेको भन्दै व्यवसायीक अभिकर्ता स‌ंघले अाैपचारिकरूपमै असन्तुष्टी व्यक्त गर्दै आएकाे छ । बीमालेख धितो कर्जाको ब्याजदरमा २० प्रतिशत अंकले वृद्धि गरेर १० बाट १२ प्रतिशत कायम गरेकोमा अभिकर्ता स‌ंघकै निरन्तर दबाबपछि आज पुस ६ गतेदेखि लागू हुने गरी ११ प्रतिशतमा झारेकाे छ ।

बीमा कम्पनीहरूकाे नियामक निकाय, नेपाल बीमा प्राधिकरणको निर्देशक पूजन ढुंगेलले कर्जावापतको साँवा र ब्याज मात्र कट्टा गरेर बाँकी रकम भुक्तानी दिने विषय नियम संगत नरहेको प्रतिकृया दिइन् ।

प्राधिकरणले जारी गरेकाे जीवन बीमालेख निर्देशिका २०७८ काे प्रावधान बमाेजिम जीवन बीमा कम्पनीले कुनै पनि बीमालेख बिक्री गर्नु अघि नियामक प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । यसरी स्वीकृत गराइएको बीमालेखको शर्त अन्तर्गत बीमितलाई बीमा कम्पनीले अनिवार्यरुपमा सुविधा र भुक्तानी दिनुपर्छ । बीमालेखमा वा बीमा एेन , नियमावली र निर्देशिकामै नभएकाे प्रावधान आफूखुशी तयार पारेर लाद्नु गैरकानूनी कार्य हाे ।

जीवन बीमा कम्पनीले उपलब्ध गराएकाे कर्जा रकमवापतकाे ब्याज बीमितले छ छ महिनाकाे अन्तरालमा भुक्तानी गर्नुपर्छ । भुक्तानी नगरेकाे अवस्थामा छ महिना पछि ब्याजवापतकाे रकम समेत साँवामा गाभिन्छ र गाभिएकाे रकम सहित हुने रकमलाई साँवा कायम गरेर कम्पनीले ब्याज गणना गर्छ। यसरी साँवा र ब्याजवापतकाे रकम बीमालेखकाे समर्पण मूल्यभन्दा बढी वा बराबर हुन गएकाे अवस्थामा बीमितलाई ३० दिनकाे पूर्व सूचना दिएर बीमालेख जफत गर्न सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

20%

दु :खी

27%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS