IME Life New

बाढी र आँधीबाट भारतले वर्ष दिनमै ९८ अर्ब रुपैया गुमायाे, एशियाली मुलुकमध्येमा दाेश्राे ठूलाे क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं ।  भारतले २०२१ मा बाढी र आँधी सहितकाे प्राकृतिक विपत्तीबाट  ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । बाढी र आँधीबाट ७ अर्ब ६० कराेड अमेरिकी डलर (करिब ९८ अर्ब नेपाली रुपैया ) बराबरकाे क्षति व्यहाेर्नु परेकाे हालसालै जारी द स्टेट अफ द क्लाइमेट इन एशिया २०२१ प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट भारतले कुल ३.२ अर्ब डलर( ४१ अर्ब ३० कराेड नेपाली रुपैया ) र ४.४ अर्ब डलर(करिब ५६ अर्ब ७९ कराेड नेपाली रुपैया )को क्षति बेहोरेको हाे । जुन र सेप्टेम्बर २०२१ बीचको वर्षात  मौसममा भारतले भारी वर्षा र अचानक बाढीको सामना गर्नुपरेकाे थियाे । यी घटनाहरूले करिब १हजार ३ सय जनाको ज्यान लियो र बाली र सम्पत्तिमा क्षति पुर्‍यायो भन्ने रिपोर्टमा उल्लेख छ। त्यसैगरी आँधीले चीनमा ३ अर्ब डलर( ३८ अर्ब ७२ कराेड नेपाली रुपैया ) र जापानमा २ अर्ब डलर( २५ अर्ब ८१ कराेड नेपाली रुपैया )काे ठूलो आर्थिक क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।

Esewa
Crest

द स्टेट अफ द क्लाइमेट इन एशिया २०२१ प्रतिवेदन अनुसार यो भारत एसियाली महादेशमा चीनपछि दोस्रो स्थानमा रहेकाे थियो। नोभेम्बर १४, २०२२ मा सार्वजनिक प्रतिवेदन अनुसार विगत २० वर्षको औसतको तुलनामा यस्ता विपद्को आर्थिक प्रभाव बढिरहेको देखाएको छ।

सन् २०२१ मा एसियाली मुलुकमा भएका प्राकृतिक प्रकोपहरूको ८० प्रतिशत हिस्सा बाढी र आँधीले ओगटेको थियो। एसियाली दशहरूले  प्राकृतिक प्रकोपका कारण ३५ अर्ब ६० कराेड अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको थियो। बाढी “मृत्यु र आर्थिक क्षतिको सन्दर्भमा एसियामा सबैभन्दा ठूलो प्रभाव” भएको घटना थियो।

विश्व मौसम संगठन र एसिया र प्यासिफिकका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगद्वारा प्रकाशित प्रतिवेदनमा चीनले बाढीका कारण सबैभन्दा बढी १८ अर्ब ४० कराेड अमेरिकी  डलर बराबरकाे आर्थिक क्षति बेहोरेको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS