IME Life New

भारतबाट नेपाल पूनर्बीमा कम्पनीले प्राप्त गर्दै आएकाे पूनर्बीमा व्यवसायमा पनि बन्देजकाे तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । भारतले नेपाल लगायतका दक्षिण एशियाली छिमेकी मुलुकलाई दिंदै आएको पूनर्बीमा व्यवसायमा बन्देज लगाउने तयारी गरेको छ ।

भारतीय बीमा नियामक आइआरडिएआईले क्रस बोर्डर रिइन्स्योरेन्स कम्पनी अन्तरसीमा पूनर्बीमा कम्पनीका लागी स्टाण्डर्ड एण्ड पुअर क्रेडिट रेटिंग एजेन्सीबाट कम्पनीमा ए माइनस क्रेडिट रेटिंग प्राप्त वा सो सरह हुनुपर्ने प्रावधान लागू गरेर छिमेकी मुलुकमा भारतीय बीमक र पूनर्बीमकले गर्ने पूनर्बीमा व्यवसायमा बन्देज लगाउने तयारी गरेको हो ।

Esewa
Crest

यसअघि दक्षिण एशियाली छिमेकी मुलुकसँगको सम्बन्धको आधारमा सरकारी स्वामित्वको पूनर्बीमा कम्पनीलाई रेटिंग अनिवार्य थिएन । प्रस्तावित नयाँ प्रावधानमा सबै खाले पूनर्बीमको लागी क्रेडिट रेटिंग अनिवार्य गरिएकाले नेपाल पूनर्बीमाले भारतबाट प्राप्त गर्ने बीमा व्यवसाय आगामी अप्रिल महिनादेखि बन्द हुनेछ ।

अन्तरसीमा पूनर्बीमा कम्पनीले छिमेकी मुलुकहरुमा आफ्नाे कार्यालय नै स्थापना नगरी स्वदेशबाटै त्यहाकाे बीमा कम्पनीलाई पूनर्बीमा सेवा प्रदान गर्छन् । दुई देशबीचकाे सम्बन्धकाे आधारमा यस्ता कम्पनीलाई विशेष सहुलियत प्रदान गर्ने चलन रहेकाे छ ।

भारतसँग सीमाना जोडिएको दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तानको पूनर्बीमा कम्पनीसँग यो स्तरको रेटिंग उपलब्ध गरेको छैन । नेपालमा निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सले एएम बेष्ट सँग रेटिंग गराएकोमा बि स्तरको रेटिंग पाएको छ । सरकारी स्वामित्वको नेपाल पूनर्बीमा कम्पनी(नेपाल रि)ले हालसम्म पनि रेटिंग नै गराउन सकेको छैन । सार्वभौम रेटिंगको लागी नेपाल सरकारले तयारी गरेको भएपनि कमजोर रेटिंग आउन सक्ने संभावनका कारण रेटिंगको लागी आवश्यक अध्ययन अनुसन्धान नै रद्ध गरिएको छ ।

सन् २०२३ को एप्रिल महिनाबाट लागू हुने पूनर्बीमा सम्बन्धी एकीकृत निर्देशिकामा आइआरडिएआईले जीवन बीमा व्यवसाय बाहेक अन्य कारोबार गर्ने भारतीय बीमकले क्रस बोर्डर पूनर्बीमाकसँग पूनर्बीमा व्यवसायको अधिकतम सीमा समेत निर्धारण गरिदिएको छ । तदनुसार, ए प्लस भन्दा माथिको मूल्याङ्कन भएको क्रस बोर्डर पूनर्बीमकको लागि, पूनर्बीमा सीमा ३० प्रतिशत हुनेछ । बिबिबि प्लस भन्दा माथि र ए प्लस सममको सम्मको रेटिङ भएका यस्ता पूनर्बीमकको लागि, सीमा २० प्रतिशत हुनेछ । त्यसैगरी बिबिबि र बिबिबि प्लस रेटिङ भएका अन्तरसीमा बीमकको लागी १० प्रतिशतको सीमा तोकिएको छ। यी तोकिएका सीमाका प्रतिशतहरू भारत बाहिर सबै अन्तर सीमा बीमकलाई हस्तान्तरण गरिएको कुल पूनर्बीमा बीमाशुल्कमा गणना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

50%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS