IME Life New

प्राकृतिक प्रकाेप सम्बन्धी जाेखिमकाे लागी पूनर्बीमा शुल्क महँगिने फिच रेटिङ्सकाे प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सन् २०२३ को जनवरी महिनामा बीमक र पूनर्बीमा कम्पनीहरुबीच पूनर्बीमा सम्झौता नवीकरण हुँदा सम्पत्ति प्रकाेप जाेखिम बहनका लागि पूनर्बीमा शुल्क दर दश प्रतिशतभन्दा बढी अ‌ंकले वृद्धि हुन सक्ने प्रक्षेपण फिच रेटिङ्सले गरेकाे छ। अन्तर्राष्ट्रिय पूनर्बीमा व्यवसायकाे भावी व्यापारकाे जाेखिम र स‌ंभावनाबारे अध्ययन प्रतिवेदन जारी गरेकाे फिचले २०२२ मा करिब १ सय २० अर्ब अमेरिकी डलर बराबरकाे बीमा घाटा र प्राकृतिक प्रकोपको दाबीको बढ्दो संभावना र गम्भीरताले सन् २०२३ मा सम्पत्ति प्रकोप जाेिखम बहनका लागी दोहोरो अंकले पूनर्बीमा शुल्क बढ्ने अपेक्षा गरेको छ।

बीमाशुल्क वृद्धि र पूनःलगानीबाट प्राप्त हुने प्रतिफलका कारण उच्च मुद्रास्फीति र जलवायू परिवर्तनले थपेकाे बढ्दो दाबीको प्रभावलाई न्यून गर्न मद्दत गर्ने फिचले विश्वास व्यक्त गरेकाे छ। फिचले २०२३ मा विश्वव्यापी पूनर्बीमा क्षेत्रको लागि व्यापक रूपमा स्थिर अन्तर्निहित नाफाको पूर्वानुमान गरेकाे छ ।

Esewa
Crest

अष्ट्रेलिया, फ्लोरिडा र फ्रान्स सहित २०२२ मा प्राकृतिक प्रकोपका घटनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा बीमाशुल्क दर वृद्धि सबैभन्दा बढी हुनेछ। आँधी इयानले ३५ अर्ब देखि ५५ अर्ब अमेरिकी डलर बीच बीमा दाबी थपिने सम्भावना छ । यसले अहिलेसम्मकै सबैभन्दा महँगो प्राकृतिक प्रकोप घटनाहरू मध्ये एक बनाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS