IME Life

बीमीतलाई नै थाहा छैन आफ्नो बीमाबारे

SPIL
NIC ASIA


स्थायी घर काभ्रे भई हाल काठमाडौमा बस्दै आएकी लम्बरी लामाको सानो किराना पसल छ । पसलको आम्दानीबाट नै उनले केही महिना अघि मात्र नेपाल लाईफ इन्स्यारेन्समा बीमा गराएकी थिईन् ।

सबैले बीमा गराएपछि जोखिम कम हुन्छ भनेको सुनेको थिए । त्यसैले आफुले पनि बीमा गरेको उनले सुनाईन् । जीवन बीमा गरे पनि उनी अहिले ढुक्क छिन् । तर, आफुले गरेको बीमाबाट के के सुविधा पाईन्छ भन्ने बिषयमा भने उनलाई केही पनि जानकारी छैन । बीमा गरेको एक महिना भईसकेको छ । उनले जीवन बीमा त गराईन् ।

Prabhu
Crest

तर बार्षिक रुपमा २५ हजार प्रिमियम तिर्नुपर्ने बाहेक उनलाई जानकारी भने छैन ।बीमा गराउने समयमा अभिकर्ताले नै फर्म भरीदिएको र आफूलाई त्यत्ति जानकारी नभएको बताउँछिन् उनी । यसका साथै बीमा गराँउदा कम ब्याजमा नै कर्जा पाउने रहेछ । त्यसको बारेमा चाहि केही जानकारी भएको उनले बताईन् ।

आफूले लिएर पोलिसीको नाम समेत उनलाई थाहा छैन । त्यसमा पाउने सुविधाको बारेमा त कुरै नगरै ।भोलीको दिनमा कुनै जोखिमको कारण दाबी गनुपरेको खण्डमा कस्तो अवस्थामा गर्ने र नगर्ने भन्ने बिषयमा समेत लामालाई जानकारी भने छैन । दुर्घटना र अशक्तता सुविधा पनि बीमा योजनामा छ । तर, उनलाई यसबारे भने केही थाहा छैन ।

ललितपुर स्थित गोदाबरीमा बस्दै आएका सरोज श्रेष्ठको पनि समस्या उस्तै छ । उनी जागिरे हुन् ।उनी एउटा नीजि उद्योगमा काम गर्छन् । बीमा गर्छु भनेर निकै समयदेखि सोचिरहेको थिए । तर बीमाको बारेमा आफूलाई पनि त्यत्ति जानकारी नभएको कारणले गर्दा २ महिना अघि मात्र मेट लाईफ इन्स्यारेन्समा बीमा गराएको उनले बताए ।

बीमा गर्दा भोलि आउने जोखिमलाई कम गर्ने भएको कारणले गर्दा म यस तर्फ आकर्षित भए, तर कुन बीमा योजना लिएको भन्ने बारेमा श्रेष्ठ पनि अनभिज्ञ नै छन् ।

श्रेष्ठलाई पनि प्रिमियम बारेमा मात्र राम्ररी जानकारी रहेको छ । उनले लिएको बीमा योजना र कुन कुन कुरालाई कभर गर्छ भन्ने कुराको बिषयमा भने उनी जानकार छैनन् । अभिकर्ताले नै सबै फर्म भर्नमा मद्दत गर्नुभएको हो । यसको बारेमा केही जानकारी नभएको उनले बताए ।

यी दुई व्यक्ति त प्रतिनिधि पात्र मात्र हुन यस्तै समस्यामा बीमीतहरुलाई परिररहेका हुन्छन् । यो समस्यालाई हटाउन अभिकर्ताले बिशेष ध्यान दिनु जरुरी रहेको देखिन्छ । यदि यस्ता समस्या बारम्बार जन्मिएमा बीमा क्षेत्र प्रति बीमीतले हेर्न दृष्टिकोणमा पनि नकारात्मक पर्न जान्छ ।

जसमा बीमीत आफै पनि सजग रहनु जरुरी रहेको देखिन्छ । आफूले लिन लागेको पोलिसी र कुन अवस्थामा यसमा दाबी गर्ने पाईन्छ र कस्तो अवस्थामा पाईदैन । आफूले लिन लागेको पोलिसीको प्रिमियम मात्र नभई अन्य जानकारीमा पनि बढी ध्यान दिनु जरुरी रहेको पाईन्छ ।

नेपालमा बीमा चेतनाको कमी भएकै कारण मानिसहरु अभिकर्तामा नै पूर्ण रुपमा निर्भर छन् । तर, यो अभ्यास गलत भएको पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी बताउँछन् । ‘केही यस्ता अभिकर्ताको कारण बीमा व्यवसाय प्रभावित भएको छ,’ उनले भने ।

व्यवसायिक अभिकर्ता भनेको बीमितको सल्लाहकार हो भने कम्पनीको पहिलो अण्डरराईटर हो । उसले बीमितको इच्छा, आवश्यक र आर्थिक अवस्था हेरेर बीमा योजना सिफारिस गर्छ । साथै बीमित पनि आफु चनाखो हुनु पर्ने उनको धारणा छ ।

बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत स्वार्थ, छोटो समयको फाइदा मात्र हेर्नुको सट्टा समग्र बीमा क्षेत्रको बिकाश, चेतना र परिणाममुखी शिक्षा दिनसके मात्र बीमा अभिकर्ताको बिश्वास र इज्जत बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS