IME Life New

नेपाल टेलिकमको फोरजी सेवा सन् २०२५ सम्ममा मुलुकभर विस्तार हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल टेलिकमले फोरजी सेवा मुलुकभर विस्तार गर्ने भएको छ । कम्पनीेद्धारा आयोजित एक कार्यक्रममा फोरजी सेवा सन् २०२५ सम्ममा मुलुकभर सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फोरजी सेवा काठमाडौं र पोखराबाट विस्तार गरेको थियो । कम्पनीका प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा बोल्दै –उनले हाल फोरजी सेवा बिस्तारको लागि उपकरणहरु आयात भईरहेको जानकारी दिँदै समयभित्रै सबै ठाउँमा फोरजी पुर्याउने बताए ।

Esewa
Crest

उनले फोरजीमा गएपछि डाटामा भएको माग पुरा गर्ने भन्दै फोरजीले फाइभजीको लागि पनि आधार तयार पार्ने बताए ।फोरजीमा गएपछि डाटाको माग पुरा हुने हुँदा हामी फोरजीलाई नै कमर्शीयलाइजेसन गर्ने पक्षमा छौं,’ उनले भने ।उनले नेपालको बजार हाल फाइभजीका लागि उपयुक्त नभएको र सन् २०२५ पछि मात्रै यसका लागि उपयुक्त हुने बताए ।

नेपालमा नीतिगत व्यवस्था नै नभएको र फ्रिक्वेन्सीको पनि व्यवस्था नभएको हुँदा हाल फोरजीमा नै ध्यान केन्द्रित गरेको उनले बताए । उक्त सम्झौता अनुसार १२ महिनामा सम्पन्न गर्नको लागि साइट सर्भेको काम सुरु भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी गराएका छन् ।

उनका अनुसार अहिले सम्म साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ ।प्रबन्ध निर्देशक अधिकारीले सन २०२५ सम्म फोरजीबाट पर्याप्त फाइदा लिएर फाइभजीको लागि तयार हुनुपर्ने बताए । अहिले विस्तार गर्न लागेको प्रविधिमै फाइभजी सेवा विस्तार गर्न सकिने उनको भनाई छ । अहिलेको बजारमा फोरजी सेवा नै उपयुक्त रहेको उनले बताए ।

यस्तै टेलिकमले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा ४ सय थ्रीजि विटिएस र ४ सय ७ वटा विटिएस थप गरिएको जनाएको छ ।एक करोड लाइन मोबाईल आयोजना अन्तर्गत ग्राहकहरुको माग एवंम प्रविधिक अध्ययन अनुसार आवश्यक देखिएको स्थानहरुमा मोवाईल कार्य जारी रहेको पनि टेलिकमले जानकारी दियो ।

यस अन्तर्गत कम्पनीले प्याकेज ए र प्याकेज बि गरी काम गरिरहेको छ ।प्याकेज बि अन्र्तगत शत प्रतिशत काम सकिएको छ भने ए अन्र्तगत ९५ प्रतिशत काम सकिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS