IME Life New

दलहरुको घोषणापत्रमा लोकप्रिय बन्यो बीमा, कुन पार्टीले के समेटे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न दलहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि घोषणापत्र जारी गरेका छन् । सार्वजनिक भएका घोषणापत्रमा स्वास्थ्य बीमालाई निक्कै प्राथमिकताका राखिएको छ । नेपाल सरकार स्वयमले स्वास्थ्य बीमा बोर्ड मार्फत देशभरका नागरिकलाई स्वास्थ्य बीमा सेवा प्रदान गर्न विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । यस अवस्थामा दलहरुले आफ्नो घोषणापत्रमा स्वास्थ्य बीमा र कृषि बीमालाई प्राथमिकतामा राखेका छन् ।

१.सबै नागरिकलाई स्वास्थ्य बीमामा संलग्न गराउने

Esewa
Crest

नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी) ले सार्वजनिक गरेको घोषणापत्रमा सबै नागरिकलाई निशुल्क स्वास्थ्य उपचार प्रदान गर्न सबैलाई स्वास्थ्य बीमामा संलग्न गराउने, स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने स्वास्थ्य सेवाको दायरा र गुणस्तर बढाउने तथा सहज रुपमा स्वास्थ्य सेवा प्राप्त हुने व्यवस्था गरिने जनाएको छ ।

यसका साथै कृषि बीमालाई गाउँ–गाउँमा पु¥याउन, बीमाको दायरा बढाउन, बीमाङ्क रकमलाई व्यावहारिक बनाउन र बीमा दावी भुक्तानी सेवालाई छिटो–छरितो तुल्याउन कृषि बीमा व्यवस्थालाई पुनर्संरचना गरिने घोषणापत्रमा उल्लेख छ ।

२. सहकारी बीमा व्यवस्थादेखि प्रभावकारी स्वास्थ्य बीमा साथै कृषि बीमालाई पनि प्राथमिकता

नेपाल कम्युनिष्ट पाटी (एमाले) ले आफ्नो घोषणापत्रमा बीमालाई विशेष प्राथमिकता दिएको छ । एमालेको घोषणापत्रमा प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाइने उल्लेख गरिएको छ । आगामी ५ वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरि सक्ने साथै साना किसान तथा साना व्यवसायीलाई लघुबीमा सेवा उपलब्ध गराउने जनाएको छ ।

कृषि उपजको समर्थन मूल्य तोक्ने, कृषि उपजकाृ अग्रिम खरिद सम्झौता गर्ने र कृषि उपजको बीमा गर्ने बारे घोषणापत्रमा उल्लेख छ । साथै संचालनमा रहेका सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने जनाएको छ ।

३.स्वास्थ्य बीमा मार्फत गम्भिर प्रकृतिका रोगको उपचारमा सुनिश्चितता

नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमा र बीमा मार्फत गम्भिर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ । बीमा रकमको दायरा बढाई १० लाख पुर्याइने, आधारभूत बाहेक सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरि सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने उल्लेख छ ।

४.बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि जारी गरेको घोषणापत्रमा स्वास्थ्य बीमालाई जोड दिइएको छ । उक्त घोषणापत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बीमाको दायरामा ल्याइने र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने उल्लेख छ । साथै कृषि तथा बाली बीमाको व्यवस्थालाई पनि जोड दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS