IME Life New

काेराेना महामारी र सडक दुर्घटनामा ज्यान गुमाएका संचयकर्ताकाे परिवारजनलाई संचयकाेषले बाँड्याे रू. ४८ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । कर्मचारी संचयकाेषले दुर्घटनामा परेर वा काेराेना महामारीका कारण अस्वस्थ्य भएर अकालमै ज्यान गुमाएका संचयकर्ताकाे परिवारजनलाई राहतस्वरुप  ४८ लाख रुपैयाँ उपलब्ध गराएकाे छ । काेषले असाेज महिनामा दुई पटक गरेर कूल २४ जना संचयकर्ताकाे परिवारजनलाई याे रकम वितरण गरेकाे हाे।

स‌ंगठित क्षेत्रमा कार्यरत कर्मचारीहरूकाे नियमित आम्दानीबाट काेषमा नियमितरुपमा रकम बचत गर्ने कर्मचारीकाे सामाजिक सुरक्षाकाे लागी काेषले संचालन गरिरहेकाे विभिन्न सामाजिक कार्यक्रम अन्तर्गत दुर्घटनाबाट मृत्यु भएका संचयकर्ताकाे परिवारजनलाई समेत प्रति परिवार दुई लाख रुपैयाँकाे दरले राहत रकम वितरण गर्दै आएकाे छ ।

Esewa
Crest

काेषका अनुसार राहत रकम प्राप्त गर्नेमध्ये ८ जना नेपाल प्रहरी र नेपाली सेनामा सेवारत रहँदा दुर्घटनामा परेर ज्यान गुमाएका सुरक्षाकर्मीकाे परिवारजन रहेका छन् । यीमध्ये प्रहरी जवानदेखि सहायक रथीसम्मकाे तहका संचयकर्ताकाे परिवारजनलाई राहत रकम उपलब्ध गराइएकाे हाे । यसबाहेक राहत रकम प्राप्त गर्नेमध्ये पाँच जना शिक्षक, २ जना स्वास्थ्यकर्मीकाे आश्रित परिवारजन  रहेका छन् ।

मृतक २४ जनामध्ये नाै जनाकाे काेभिड १९ काे संक्रमणका कारण, ७ जनाकाे सवारी दुर्घटनामा परेर मृत्यु भएकाे काेषले प्रेस विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS