IME Life New

स्वास्थ्य बीमा कार्यक्रम चौथौ वर्षमा प्रवेश, स्वास्थ्य बीमा गर्नेको संख्या १५ लाख ७१ हजार पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य बीमा कार्यक्रम चौथौ वर्षमा प्रवेश गरेको छ । तीन वर्षको अवधिमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या १५ लाख ७१ हजार ४ सय ८८ पुगेको छ, जसमा महिला ५३ प्रतिशत र पुरुष ४७ प्रतिशत रहेका छन् । कुल बीमित मध्ये सेवा लिई रहेका व्यक्तिहरुको संख्या ५ लाख १२ हजार ८ सय १७ रहेको छ । यस्तै अति गरिब र विपन्न ३ लाख २२ हजार १ सय ३४ रहेको छ । कुल बीमित मध्ये समान्य बीमितहरुको संख्या १२ लाख ४९ हजार २ सय ५४ रहेको छ ।

स्वास्थ्य बीमाको ईतिहास लगभग डेढ सय वर्ष भईसकेको अवश्थामा हामि भर्खर तेस्रो वर्षमा प्रवेश गरेका छौँ, हामि विकासको चरणमा नै छौँ कार्यक्रममा बोल्दै स्वास्थ बीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।

Esewa
Crest

२०७२ साल चैत्र २५ गते देखि स्वास्थ्य बीमा कार्यक्तम विधिवत रुपमा शुरु भएको थियो । पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम बाट शुरु भएको स्वास्थ बीमा कार्यक्रम आज ४२ जिल्लामा विस्तार भएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले सरकारले स्वास्थ्य बीमालाई सशक्त ढंगबाट अगाडि बढाउन वार्षिक, आर्थिक र दीर्घकालीन रुपमा अन्तर्राष्ट्रिय अभ्यास गराउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका स्वास्थ्य मन्त्री यादवले तीन वर्षमा १५ लाखको संख्यामा बीमित पुर्याउनु खुशीको कुरा रहेको दाबी गरे । साथै यस लाई अझै अगाडि बढाउनका लागि बीमाबारे नयाँ अभ्यास र चेतना गर्नु पर्ने कुरा औँल्याए ।

“तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नारा सहितको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपप्रधानमन्त्रि एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उपस्थिति रहेको थियो । स्वास्थ बीमा कोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै अतिथिहरुम उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति मन्त्रि सचिव केदार बहादुर अधिकारी, सचिव चन्द्र कुमार घिमिरे, स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा चौधरीको उपस्थिति रेहको थियो । साथै कार्यक्रममा बोर्डका कर्मचारी लगाएत शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS