IME Life
GBIME

बीमा गर्दा बीमाङ्क निर्धारण गर्ने आधारहरु, हाङमा सुब्बाको लेख

SPIL
NIC ASIA new
NLIC

बीमा गर्न चाहने प्रस्तावक वा बीमितले आफनो सम्पत्तीको बीमा गर्दा बीमाको मान्यता अनुसार सम्पत्तीको मुल्य  निर्धारण गर्ने आधारहरु लाई बुझ्न आवश्यक छ । बीमा मात्र गरेर पुग्दैन आफनो सम्पत्तीको सही मुल्यमा बीमा भएको छ कि छैन ? यो प्रश्नलाई ध्यान दिन अति आवश्यक छ ।

बीमित र बीमक बीच दावीको समयमा सबैभन्दा बढी बादबिबाद सिजर्ना हुने भनेको नै उल्लेखित बीमा गरिएको सम्पत्तीको मुल्यमा हो । कुनै पनि सम्पत्ती वा बस्तुको बीमा गर्नका लागि मुल्य आवश्यक पर्दछ भन्ने विषय हामीलाई थाहा भएकै कुरा हो । मुल्य नभई बीमा गर्न सकिदैन । तसर्थ सही मुल्यको बीमा गर्दा कुनै बादबिबाद नै हुदैंन ।

Crest

यो मुल्य बीमा गर्दाको समयमा नै निर्धारण गर्नु पर्ने हुन्छ । र यो रकम बीमालेखको अनुसुचीमा उल्लेख गरिन्छ र यसैको आधारमा नै क्षतिको समयमा कति क्षति भएको हो भन्ने विषय निर्क्योल हुने गर्दछ । त्यस्तै बस्तुको मुल्य बढी भएमा बढी क्षतिपुर्ति पाइने पनि हुदैन । त्यस्तै भावनात्मक मुल्यको पनि कुनै अर्थ हुदैंन । यो बीमा गरिने विषयबस्तु तथा बीमाको प्रकार अनुरुप फरक फरक हुने गर्दछ ।

तसर्थ सही बीमाङ्क निधारण गर्दा बीमाशुल्क पनि बढी तिर्नु पर्दैन र महत्वपुर्ण कुरा क्षतिको समयमा सही मुल्याङ्कन भई दावी वापतको रकम प्राप्त गर्न सकिन्छ । बीमा गरिने बस्तुको मुल्यलाई बीमाको भाषामा बीमाङ्क भनिन्छ । बीमाङ्क भन्नाले क्षतिको समयमा बीमा कम्पनीले यसैलाई आधार मानेर क्षतिको मुल्याङ्कन गर्दछ र दावी भुक्तान गर्दछ । बीमकले बीमादर पनि बीमाङ्कमा नै गणना गरि बीमाशुल्क निकाल्दछ ।

सवारी साधनको हकमा नयाँलाई शोरुमको मुल्यमा र पुरानोको हकमा शोरुमको मुल्यमा बीमालेखमा उल्लेख भए बमोजिम को हासकट्टी दर गणना गरि उक्त ह्रासकट्टीबाट आउने रकमलाई घटाई बीमाङ्क कायम गर्न सकिन्छ ।  साथै बीमक सँग सल्लाह गरि बीमाङ्क राख्न सकिन्छ ।

त्यस्तै सम्पत्ती बीमा अन्तर्गत भवन, स्टक, फर्निचर फिक्चर, मेशिनेरीहरु आदीको बीमा गरिन्छ । सम्पत्ती (asset) को बीमा गर्दा बुक भ्यालु (book value) भन्दा बजार मुल्य (Market value) को आधारमा बीमाङ्क निर्धारण गर्नु पर्दछ । सामान्यत बुक भ्यालुमा बीमाङ्क कायम गर्दा बीमाङ्क प्रयाप्त नहुन सक्दछ ।

Asset valuation गराउन पनि आवश्यक छ किनभने सम्पत्ति बीमा अन्तर्गत वहन गरिने जोखिमहरुमा औसतको व्यवस्था भएकोले बीमाङ्क निर्धारणमा विचार पुयाउन पर्छ अन्यथा दावीको समयमा औसत लागु भई समानुपातिक हिसाबले दावी भुक्तानी गरिन्छ ।

उदाहरणका लागि कुनै बीमितले आफनो घरको बीमा बजार मुल्य अनुरुप बीमाङ्क रु.१,०००,०००।०० मा गर्न पर्नेमा रु. ८,००,०००।०० को बीमाङ्क राखिएर बीमा गरेका थिए र उक्त भवनको क्षति रु. ३०,०००।०० भएको छ भने उनले दावी वापत पाउने रकम भनेको रु.२४,०००।०० मात्र हो ।

अर्को ध्यान दिनु पर्ने विषय भनेको बजार मुल्यमा गरिएको सम्पत्ती समय अनुरुप ह्रास हुँदै जाने गर्दछ । यसरी ह्रास हुँदै जाने भएकोले क्षतिको समयमा उक्त बीमा गरिएको सम्पत्तीको निमार्ण भएको वर्ष, अवस्था, प्रयोगलाई दावीको आधारमा लिइने भएकोले दावी रकममा ह्रासकट्टीको पनि हिसाब गरिन्छ । तसर्थ बजार मुल्य भन्नाले पनि पुरानोको सट्टा नयां भन्ने हुदैन ।

भवनको बीमा गर्दा बजार मुल्य भन्दा प्रचलित लागत अर्थात पुनर्स्थापना (Reinstatement basis) अन्तर्गत गर्न उपयुक्त देखिन्छ । कारण बजार मुल्य उतार चढाव भई राख्ने भएकोले बीमाले उक्त मुल्यलाई घटाउन बढाउन सक्दैन ।

प्रचलित लागत भन्नाले उक्त भवन बनाउनका लागि लाग्ने खर्च हो । जस्तै एकदम नयाँ भवनका लागि उस्तै क्षेत्रफल, उस्तै प्रकार तथा उस्तै बनोट भन्ने हो । त्यस्तै बीमा गर्दा जग्गाको मुल्य समावेश गर्न पर्दैन तर स्थान (Location), तल्ला, Interior जस्ता कुराले भवन निमार्ण वापत लाग्ने खर्च फरक फरक हुन सक्दछ ।

उदाहरणका लागि आवासिय भवन (मानौ एक तल्ला) निमार्ण गर्नका क्षेत्रफल १००० स्क्वायर फुट छ र निमार्णका लागि प्रति स्क्वार फुट रु. ३,०००। पर्दछ भने उक्त भवनको बीमाङ्क रकम रु. ३,०००,०००।०० भन्दा घटी हुनु हुँदैन । यसरी पुनर्स्थापना बीमा गर्दा ह्रासकट्टी लागु हुदैन ।

यसका लागि नेपाल राष्ट्र बैंकले निष्काशन गर्ने Inflation rate वा मुल्याकंनकर्ता (Valuator) सँग परामर्श लिएर त्यही आधारमा बीमा गर्न पनि सकिन्छ । स्टकको बीमा गर्दा बीमाङ्क रकम बजार मुल्य अर्थात खरिद मुल्य अनुरुप गर्नु पर्दछ ।

ईन्जिनियरिङ् बीमा अन्तर्गत प्लान्ट एण्ड मेशिनरी अथवा यन्त्र उपकरण को बीमा गराउंदा Replacement को आधारमा गराउंनु उत्तम हुन्छ । यसका लागि विक्रेतासँग यसको वर्तमान मुल्य माग गर्न सकिन्छ । यसको अर्थ हो बीमा गरिएको प्लानट एण्ड मेशिनरी उस्तै प्रकार, उस्तै क्षमता को नयाँ भन्ने बुझ्नु पर्दछ ।

प्लान्ट एण्ड मेशिनरीको दावी भुक्तान गर्दा आशिंक क्षतिमा वा कुनै पार्ट मात्र क्षति भएमा कुनै पनि ह्रासकट्टी लगाईदैन भने सम्पुर्ण क्षतिको (Total Loss) अवस्थामा भने ह्रासकट्टीको प्रयोग हुने गर्दछ ।

बीमा क्षतिपुर्तिको (Principle of Indemnity) सिद्धान्त अनुरुप परिपालन हुने भएकोले बीमितको क्षति अनुरुपको दावी भुक्तान गरि उसलाई क्षति भन्दा अघिको स्थानमा पुर्याउन मद्दत पुर्याउछ । ब्यक्तिगत दुर्घटना बीमा बाहेक अन्य बीमामा क्षतिपुर्तिको सिद्धान्त लागु हुने गर्दछ । क्षति हुँदा बीमाङ्क र यथार्थ बजार मुल्य जुन कम हुन्छ त्यति नै दावी भुक्तान गरिन्छ ।

त्यस्तै बीमितले आफनो सम्पत्ती एक भन्दा बढी बीमा कम्पनी सँग बीमा गराएको रहेछ भने दावीको समयमा योगदानको सिद्धान्त (Principle of Contribution) लागु हुने गर्दछ ।

उदाहरणका लागि बीमितले आफनो पसलमा भएका सामानहरुको रु. ५००,०००।०० मध्ये रु.३००,०००।०० एक बीमा कम्पनी सँग र अर्को बीमा कम्पनीसँग रु.२००,०००।०० को बीमा गराएका रहेछन र आगलागीका कारण उनको रु.१००,०००।०० को क्षति भयो भने उनलाई दुवै कम्पनी मिलेर मात्र रु.१००,०००।०० को दावी भुक्तान गर्दछ ।

यसरी दुबै कम्पनी मिलेर बास्तविक क्षति (Rate able portion) को मात्र दावी भुक्तान गर्दछ । यसलाई  योगदानको सिद्धान्त भनिन्छ । तर दुर्घटना बीमा अन्र्तगत बीमितको शव व्यवस्थापन, काज किरिया, औषधोपचार, आयको नोक्सानी वापत पाउने मासिक रकम अन्र्तगत प्राप्त हुने दावी रकममा चाहि योगदानको सिद्धान्त लागु हुदैन ।

(प्रस्तुत लेख लेखक सुब्बाको निजी बीचार हो । उनि बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छिन् ।)  

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS