IME Life

निर्जीवन बीमा अन्तर्गत पुनर्बीमाको जोखिम मूल्याङ्कन, हाङमा सुब्बाको लेख

SPIL
NIC ASIA

काठमाडौं । बीमाको मुल उद्देश्य नै जोखिम हस्तान्तरण गर्नु हो । जोखिम हस्तान्तरणको प्रकृयामा बीमितबाट बीमकलाई तथा बीमकबाट पुनर्बीमकहरुलाई हुने गर्दछ । यसरी जोखिम हस्तानतरणको प्रकृयाको विस्तार संसार भरि नै रहन्छ । बीमा कम्पनीले आफुले ग्रहण गरेको जोखिममा केही आफुले राखेर बाँकी रहेको जोखिम पुनर्बीमा हस्तान्तरण गर्दछ ।

बीमकको पुनर्बीमा निर्देशिका, २०७८ बमोजिम

Prabhu
Crest

पुनर्बीमा सम्झौता (Treaty) भन्नाले बीमक तथा पुनर्बीमक बीच निश्चित शर्तहरु तोकि निश्चित अवधिको लागि शुरुमा नै तय गरिएको सीमाभित्रको पुनर्बीमा सम्झौता वा ट्रिटी सम्झनु पर्छ ।

ऐचिछक पुर्नबीमा (Facultative)  भन्नाले बीमकले धारण गर्ने प्रत्येक बीमालेख वा जोखिममा पुनर्बीमकको स्वीकृती बमोजिम त्यस्तो बीमालेख वा जोखिम सम्बन्धमा गरिने पुनर्बीमा सम्झनु पर्छ ।

खुद धारण भन्नाले बीमकले ग्रहण गरेको कुनै एक बीमा जोखिममध्ये त्यस्तो जोखिम वा एक घटनामा उत्पन्न हुने दायित्व अन्तर्गत आफुले व्यहोर्ने भनि पुनर्बीमा करारमा निर्धारित जोखिमको अशं वा प्रति घटना उत्पन्न हुने दायित्वको अंश बराबरको अधिकतम रकम सम्झनु पर्छ ।

उल्लेखित निर्देशिका बमोजिम बीमकले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेखरप्रति जोखिममा आफनो नेटवर्थको पाचं ९५० प्रतिशत भन्दा बढी हुनु हुदैन । महाविपत्ती पुनर्बीमाका लागि भने बढीमा नेटवर्थको दश प्रतिशत भन्दा बढी हुनु हुदैन । महाविपत्ति भन्नाले कुनै एकल घटनाबाट सिर्जित भई व्यापक रुपमा असर पार्ने विनासकारी क्षति जस्तै महामारी, भुकम्प, सुनामी, आधी, हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतिको रक्षावणका लागि गरिने पुनर्बीमा सम्झनु पर्छ ।

जोखिमाङ्कन र पुनर्बीमा विभाग बीच समन्वय

बीमाको पहिलो आधार भनेको नै प्रस्ताव फाराम हो । सामान्यत प्रस्ताव फाराममा सोधिएका र दिइएका उत्तरहरुबाट कुनै पनि जोखिमको जोखिम मूल्याङ्कन हुने गर्दछ । तर बदलिदो परिपेक्षमा प्रस्ताव फाराममा सोधिने प्रश्नहरु जोखिमाङ्कनका लागि मात्र नभई पुनर्बीमाको सहि व्यवस्थापन गर्न प्रयाप्त छन् कि छैन् सोच्ने बेला आएको छ ।

जोखिमाङ्कन विभागले प्रत्येक प्रस्तावित जोखिमको मूल्याङ्कन गरि सोही बमोजिम बीमालेख तयार गर्दछ भने पुनर्बीमाले सबै प्रस्तावित जोखिमहरुको समग्र मूल्याङ्कन र विश्लेषण गरि पुनर्बीमा सम्झौताका लागि तयार गर्दछ ।

यस अर्थमा बीमा कम्पनीले प्राप्त गर्ने विवरणहरुको आधारमा नै तथ्याङ्कहरु बनाईन्छ । सही र कम्प्रीहेन्सीप विवरणहरुले तथ्याङ्क पनि सही र गुणस्तरका हुने गर्दछ ।  सही तथ्याङ्क ले हामीलाई सही दिशा तर्फ उन्मुख गर्दछ । बीमाका नियम र अभ्यास कुनै एक विभागका लागि मात्र सिमित नभई अर्को विभागका लागि असर पुर्याउने बारेमा पनि विश्लेषण आवश्यक छ ।

प्रचलनमा रहेको सम्पत्ति बीमा निर्देशिका, २०७५ को बारेमा पनि यो तथ्य औल्याउन आवश्यक छ जस्तो लाग्छ । सो निर्देशिका अन्तर्गत फलोटिङ बीमालेख अन्तर्गत “देशका विभिन्न स्थानमा रहेका मौज्दातको लागि एउटै बीमालेख जारी गर्नु परेमा फलोटिङ बीमालेख जारी गर्न सकिने छ” व्यवस्था छ ।

सोही निर्देशिका बमोजिम जोखिमाङ्कन विभागले ग्राहकबाट प्राप्त प्रस्ताव बमोजिम देशका विभिन्न स्थानमा रहेका मौज्दातको एउटै फलोटिङ बीमालेख जारी गर्दै आइरहेका छन् ।

पुनर्बीमा निर्देशिका, २०७८ अन्तर्गत परिच्छेद (३) को (घ) बमोजिम “बीमकले जारी गरेको बीमालेख अन्तर्गत सबै भन्दा बढी संख्यामा बीमाको विषयबस्तु रहेको एउटा भौगोलिक क्षेत्र भित्र पर्ने बीमाको विषयवस्तुमा बीमकले धारण गरेको खुद दायित्वको योगफल तथा सम्भावित अधिकतम नोक्सानी (Probable maximum loss) को लागि उपयुक्त र पर्याप्त हुने गरि महाविपत्ति पुनर्बीमा गराउनु पर्नेछ” भन्ने व्यवस्था छ ।

यी दुवै विभागको अभ्यासलाई हेर्ने हो भने जोखिमाङ्कन विभागले एक भन्दा बढी भुगोलमा अवस्थित सम्पत्तीको बीमा एउटै बीमालेख अन्तर्गत गर्न सक्ने भयो भने पुनर्बीमा विभागलाई आवश्यक पर्ने एउटा भौगोलिक क्षेत्रभित्र पर्ने सम्भावित अधिकतम नोक्सानी (Probable maximum loss)लाई निर्धारण गर्ने तथ्याङ्क प्राप्त नहुन पनि सक्दछ ।

तथापी सोही निर्देशिकामा यो पनि उल्लेख गरिएको छ कि “मौज्दात रहेको स्थान नखुलाईकन फलोटिङ बीमालेख जारी गर्न पाइने छैन ।”

माथि उल्लेखित प्रस्ताव बमोजिम नै ५ वटै प्रदेशको स्थान खुलाई बीमालेख जारी गरियो भने पनि हामीले उपयोग गरिरहेको प्रविधि पनि उत्तिकै एडभान्स छ भन्ने अवस्था छैन जस्ले गर्दा देशै भरि भएको बीमा गरिएको सम्पत्तिको स्थान निक्यौल गरि सोही बमोजिम बीमा कम्पनीलाई चाहिने प्रदेश अनुरुपको तथ्याङ्क प्राप्त गर्न सकियोस् ।

यस अर्थमा हेर्ने हो भने जोखिमाङ्कन विभाग र पुनर्बीमा विभागले गर्ने अभ्यासको आधार नै फरक हुने भएकोले  भौगोलिक क्षेत्र अनुरुपको विवरण नै सहि नहुन सक्दछ ।

दुर्घटना बीमा निर्देशिका, २०७८” बमोजिम

परिच्छेद (२) को रक्षावरणको दफा (५) काज किरिया खर्च दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुने गरि बीमाङ्कको १० प्रतिशत वा पचास हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही बराबरको रकम प्रदान गर्नेछ ।

मानौ कसैले रु. १,०००,०००।०० को दुर्घटना बीमा गराएको छ र उनको दुर्घटनाको कारणले मृत्यु भएमा उनले इच्छाइएको ब्यक्तिले दावी भुक्तानी प्राप्त गर्ने रकम रु.१०,५०,०००।०० भयो ।

परिच्छेद (३) को बीमादर सम्बन्धी व्यवस्था अन्तर्गतको बुदां नं १६.२ क्षतिपुर्ति स्वरुप एक लाख रुपैयाँ भन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चको लाथि थप गरिएको बीमाङ्कको पांच प्रतिशत बीमाशुल्क कायम हुनेछ ।

जोखिमाङ्कन विभागले आफनो ग्राहकबाट आवश्यकता अनुरुप थप औषधोपचार खर्चको लाथि थप बीमाशुल्क लिई बीमालेख तयार गरिदिने भए र जोखिमाङ्कनको यो नियमित प्रकृया पनि हो, बीमाङ्क भन्दा अतिरिक्त थप सुविधाको व्यवस्था भएकोले अधिकत्तम दायित्व कति भनि निक्यौल नहुने भएकोले पुनर्बीमाले दावीको समयमा मात्र सो तथ्य थाहा पाउने अवस्था आउन सकिने देखिन्छ ।

साधारणतया कम बीमाङ्कमा त यसले खासै असर पनि नगर्ला तर कुनै एक समुहको बीमा ठुलो बीमाङ्कहरुको एउटै बीमालेख जारी गर्दा र कुनै दुर्घट्नामा ति बीमितहरुको मृत्यु भएको खण्डमा चाहि एकुमुलेशनको अवस्थामा परिस्थिती असहज हुन सक्ने देखिन्छ ।

तसर्थ निर्देशिकामा भएका मुल बीमाङ्क बाहेक बीमितको आत्रितले प्राप्त गर्ने सक्ने औषधोपचार, पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च जस्ता अतिरिक्त थप व्यवस्थाले बीमितलाई राहत प्रदान गरेता पनि बीमा कम्पनीलाई आफना अधिकतम दायित्व निर्धारण गर्न कठिनाई हुन्छ कि ?

बीमितको आवश्यकता अनुरुप हम्रा प्रोडक्टहरु व्यापक (Comprehensive) जोखिमहरुको रक्षावरण गर्दै गर्दा पुनर्बीमा सम्बन्धी चाहिने विवरणहरु पनि सोही अनुरुपको हुन जरुरी छ ।

यसबाट हामीले पुनर्बीमा प्राप्त गर्नका लागि यथेस्ठ डाटाहरुको प्रणाली विकासमा जोखिमाङ्कन र पुनर्बीमा विभागको समन्वय हुन जरुरी देखिन्छ । जसले गर्दा आवश्यक र बढी पुनर्बीमा बीचको ग्यापलाई पहिलाउन सकियोस ।

पुनर्बीमा विभागले आफना मार्गनिर्देशनहरु तयार गर्दा यस्ता तथ्याङ्क तथा सो सम्बन्धी विश्लेषण सहित कार्यविधि बनाइएमा धेरै प्रभावकारी हुने देखिन्छ र यो क्रियाकलाप नियमित हुनु पर्ने देखिन्छ । जसले जोखिमलाई समयमा नै व्यस्थापन गर्न सहयोग पुग्नेछ ।

महाविपत्तीको एकुमुलेशन (Accumulation) र प्रविधि

अहिलेको समयमा कुनै पनि क्षेत्रमा प्रविधिको ठुलो भुमिका रहन्छ । यी माथिका अवस्थाबाट सचेत हुनका लागि बीमा कम्पनीहरुले पनि प्रविधिलाई अझ बढी भन्दा बढी सदुपयोग गरेमा यसबाट पनि लाभ लिन सकिन्छ ।

महाविपत्तीले कुनै पनि बीमा कम्पनीलाई समग्रमा जोखिममा पार्न सक्दछ र यस्ले भौत्तिक तथा बीमा कम्पनीको वित्तीय सुचकहरुलाई नै ठुलो असर गर्न सक्दछ ।

बीमा आफैमा भबित्तब्य (Probability) भएकोले र घटना र दुर्घटना बीचको दुरी निमेषभर हुने कारण र महाविपत्ती एकैपटक धेरै ठुलो क्षति हुने भएकोले हामीले प्रविधिलाई बढी भन्दा बढी जोड दिनु आवश्यक देखिन्छ ।

हामीले प्रयोग गर्ने प्रविधिलाई महाविपत्तीको एकुमुलेशन (Accumulation) लाई टयाकिङ  (Tracking) गर्ने व्यवस्था बनाई त्यसलाई समय समयमा निगरानि (Monitoring) गर्ने हो भने महाविपत्तीको एकुमुलेशन (Catastrophe Accumulation) लाई समयमा नै पहिचान गरि समाधान खोज्न सकिन्छ ।

यसलाई अझ प्रभावकारी बनाउनका लागि Treaty मा हुने भखभलत event limit अर्थात पुनर्बीमकले व्यर्होने दायित्वलाई महाविपत्तीको एकुमुलेशन (Catastrophe Accumulation) सँग दाजेर अझ सम्भव भए सम्म Real time notification को अवधारणाको प्रणाली विकाश गर्नु उपयुक्त देखिन्छ ।

event limit भन्नाले पुनर्बीमा सम्झौता बमोजिम पुनर्बीमकले आफनो दायित्वको सिमा निर्धारण गरेका हुन्छन् जस्लाई event limit भनिन्छ । यस किसिमको प्रविधि र हामीले प्रयोग गर्ने प्रविधिलाई अझ बढी सशक्त र प्रभावकारी बनाउने विषयहरु छलफल कै पाटो हुन सक्दछ ।

भुकम्पको जोखिम र महाविपत्ति पुनर्बीमा  

महाविपत्तिको विषयमा कुरा गर्दा हाम्रो देशमा भूकम्पलाई नै प्रमुखता का साथ लिने गरिन्छ । नेपालमा भुकम्प सम्बन्धी भए गरेका अध्ययन, अनुसन्धानबाट पनि हामीलाई भुकम्प सम्बन्धी जानकारीहरुको सहयोग पुग्न सक्छ भने हालै टर्की सिरियाको भुकम्पको क्षतिले पनि अध्ययन गर्नमा थप सहयोग गर्न सक्दछ ।

त्यसै गरि २०७२ महाभुकम्प पछि के कस्ता परिवर्तनहरु आए रु बैज्ञानिक अनुस्नधानहरु के कस्ता भए रु सरकारबाट के कस्ता निती नियमहरु बनाइए रु महाभुकम्पपछिको भवन निमार्ण तथा भौत्तिक संरचना निमार्णहरुमा कस्ता कस्ता विकाशहरु भए । कस्ता कस्ता प्रविधिहरु प्रचलनमा छन आदि विषयहरु पनि पर्दछ ।

बीमा क्षेत्रले यी तथ्यहरु लाई पनि लिन जरुरी हुन्छ कारण आफना वरिपरिका जोखिमहरुलाई मूल्याङ्कन गरि आफना जोखिमको मूल्याङ्कन गर्दा बढी लाभदायक हुन्छ ।

हाम्रो देशमा ठुला ठुला जलविधुत्त आयोजनाहरु निमार्णको क्रममा छन भने कति बनेर पनि संचालनमा आई सकेका छन् । निमार्णको क्रममा भएकाको बीमा ईन्जिनियरिङ अन्तर्गत गरिन्छ भने संचालनमा आईसकेकाहरुको सम्पत्ति बीमा अन्तर्गत बीमा गरिन्छ । त्यस्तै सयुंक्त आवास भवनहरु प्नि कति बनि सकेका छन् भने कतिपय निमार्णका क्रममा छन् । व्यवस्थित बजारका लागि सपिङ मलहरु पनि बनेका छन् भने कतिपय बन्ने क्रममा छन् यो क्रम निरन्तर जारी रहने छ  ।

यो निरन्तर प्रकृया काठमाण्डौंमा मात्र सिमित नरहि यस भन्दा बाहिर अन्य प्रदेशमा पनि भइरहेको अवस्था भएकोले पुनर्बीमा निर्देशिका, २०७८ मा उल्लेख भएको “बीमकले जारी गरेको बीमालेख अन्तर्गत सबै भन्दा बढी संख्यामा बीमाको विषयबस्तु रहेको एउटा भौगोलिक क्षेत्र भित्र पर्ने बीमाको विषयवस्तुमा बीमकले धारण गरेको खुद दायित्वको योगफल तथा सम्भावित अधिकतम नोक्सानि (Probable maximum loss)को लागि उपयुक्त र पर्याप्त हुने गरि महाविपत्ति पुनर्बीमा गराउनु पर्नेछ” भन्ने तथ्यलाई ध्यान पुयाउन आवश्यक छ ।

बीमा कम्पनी र सोल्भेन्सी

पुनर्बीमा निर्देशिका, २०७८ अनुरुप पुनर्बीमाको रेटिङ अनुरुप पुनर्बीमा गराउनु सबैको लागि उपयुक्त हो । निस्देह जति रेटिङ राम्रो हुन्छ उति पुनर्बीमाबाट दावीको रिकभरी सम्भव हुने हो । पर्याप्त पुनर्बीमाको व्यवस्थाले बीमकको वित्तिय अवस्था र जोखिम वहन गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्दछ ।

तर विभिन्न जोखिमका कारणले बढने गरेको पुनर्बीमा दर, जोखिमाङ्कनको अभ्यास (Underwriting practice), विवरण तथा तथ्याङ्कहरुको एक्योरेसी (Data accuracy), उत्तकृष्ठ प्रविधि, बीमक र पुनर्बीमकको Payback period को विश्लेषण, अन्तराष्ट्रिय तथ्याङ्कर ट्रेन्ड Global trend/data) हरुका बारेमा छलफल आवश्यक भैसकेको देखिन्छ ।

र यी माथिका तथ्यहरुलाई समिक्षा गरि नेपालको बीमा क्षेत्रलाई आवश्यक पर्ने पुनर्बीमाको सुरक्षा मापन गर्ने मापदण्डहरु (parameters)हरु निर्धारण गर्नका लागि अध्ययन तथा विश्लेषण गर्न पर्ने देखिन्छ ।

कतिपय अवस्थामा बीमा कम्पनीहरुसँग अन्तराष्ट्रिय अभ्यासहरु तथा तथ्याङ्कहरु उपलब्ध नहुन पनि सक्दछ यस अवस्थामा नेपालमा भएका पुनर्बीमा कम्पनीहरुले पनि सहयोग गर्न सक्दछ जस्तो लाग्दछ ।

अन्त्यमा Own Risk Solvency Assessment को अवधारणालाई नेपालको बीमा क्षेत्रले अवलम्बन गर्दै गर्दा बीमा कम्पनीको व्यवसाय आकार, आवश्यक र सही पुनर्बीमाको बारेमा समग्रमा मूल्याङ्कन गर्न सकेमा यसले सम्पुर्ण बीमा क्षेत्रको दिगो विकाशका लागि अझ बढी बल प्रदान गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS