IME Life New

अफ्रिकी मुलुक केन्याको पूनर्बीमा शुल्क आम्दानीको दोश्रो ठूलो श्रोत बन्यो भारत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण अफ्रिकी रेटिङ फर्म ग्लोबल क्रेडिट रेटिङ (जिसिआर) का अनुसार डिसेम्बर २०२१ मा समाप्त भएको वर्षमा कूल पूनर्बीमाशुल्क आम्दानीको ३२ प्रतिशत योगदान गर्दै भारत केन्या रि को लागी दोस्रो ठूलो व्यापारको स्रोत बनेको छ।

दक्षिण अफ्रिकी मुलुक केन्याको एकमात्र पूनर्बीमक केन्या रिले स्वदेशी बीमा कम्पनीहरुबाट सन् २०२१ मा कूल पूनर्बीमा शुल्क आम्दानीको ३८ प्रतिशत हिस्सा प्राप्त गरेको छ ।

Esewa
Crest

केन्या रि परम्परागत रूपमा केन्याली बजारमा निर्भर छ । यसले प्राथमिक अन्डरराइटरहरूबाट अनिवार्य २० प्रतिशत बीमाशुल्क आम्दानी गर्छ । यो रकमले वर्षौंदेखि कम्पनीको व्यापारको आधा हिस्सा सुनिश्चित गर्दै आएको छ । केन्या रिले भारतसँग पूनर्बीमाशुल्क विविधीकरणको सम्भावना बढाउँदै केन्याली व्यवसायलाई प्रतिद्वन्द्वी बनाउन बजार वृद्धिमा अग्रसर देखिएको छ।

लामो समयदेखि, केन्याली व्यवसायले कूल बीमाशुल्कको झण्डै ४९ प्रतिशत योगदान गरेकोमा अहिले यो हिस्सा खस्कि‌दै गएको छ । बजारमा मूल्य प्रतिस्पर्धा, सेडेन्टहरू बीचको जोखिम ग्राह्य क्षमता र केही व्यापारमा घट्दो सहभागीताको कारणले गर्दा केन्या रिको बजार हिस्सामा संकुचन भएको उल्लेख गरेको छ।

केन्या रिले सन् २०२० को तुलनामा २०२१ मा कूल बीमाशुल्क आम्दानीमा १० प्रतिशतले वृद्धि हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS