IME Life New

नयाँ वर्षको पहिलो दिन गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं बैशाख २। नया वर्ष को पहिलो दिन आइतबारको सेयर बजार समान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर दिने भएपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । इन्स्योरेन्सले हालै २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको हो । चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिईसकेको छ ।

Esewa
Crest

कम्पनीको एकैदिन एक करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ ।

नयाँ वर्षको शुरुवातसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ । कारोबार खुल्ने बित्तिकै ओरालो लागेको बजार बन्द हुँदा २.६० अंकले बढेर १२८० अंकमा पुगेको छ, बिमा समूहमा ८३. ८४ अंकको सुधार दखिएको छ ।

समग्रमा आइतबारको बजारमा सबैभन्दा बढी ३० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५९ कम्पनीको ६ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS