Connect IPS
IME Life

सन् २०२७ मा जीवन बीमाको पहुँच दोब्बर पुर्याउने भारतको लक्ष्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले निर्जीवन र जीवन बीमा कम्पनीहरूको लागि बीमा उत्पादनहरू अधिक भारतीयसम्म पुर्याउने लक्ष्य निर्धारण गरेको छ। कम्पनीहरूलाई २०२७ सम्ममा बीमाको दायरा झण्डै दोब्बर पुर्याउने लक्ष्य दिइएको छ ।

कुल गार्हस्थ्य उत्पादनको हिस्साको हिसाबले हालको १ प्रतिशतको सट्टा २.५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो ।

Prabhu
Crest

बीमा कम्पनीहरुलाई ५ वर्षको लक्ष्य दिइएको छ । यससँगै राज्यस्तरीय बैंकर तथा इन्स्योरेन्स कम्पनी (एसएलबीआईसी)को समितिलाई पनि बीमामा पहुँचको सम्बन्धमा नियमित समीक्षा गर्न आइआरडिएआइले लागि प्रस्ताव गरेको जी बिजनेसले उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार बीमा नियामक आईआरडीएआईले बीमा कम्पनीहरूले सन् २०२७ सम्ममा बीमाको दायरा दोब्बर जनसंख्यामा पु¥याउने लक्ष्य तोकिएको छ । निर्जीवन बीमाको बीमाशुल्क आम्दानी २ लाख करोड रुपैयाँबाट ११ लाख करोड रुपैयाँ पुर्याउनुपर्ने लक्ष्य छ ।

त्यसबाहेक बीमा नियामकले जीवन बीमाबाट लाभान्वित जनसंख्याको दायरा ३ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याउन भनिएको छ ।

यसका साथै, नियामकले बीमामा पहुँचको लक्ष्यलाई हासिल गर्नको लागी अब प्रत्येक राज्यमा बीमा कम्पनीहरुको राज्यस्तरिय समिति गठन गरेर एउटा बीमा कम्पनीलाई समितिको नेतृत्वको जिम्मा दिइनेछ । यसअघि बैंकहरुको हकमा यस्तो समिति गठन गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS