IME Life New

नेप्सेमा थपियो १६ बीमा कम्पनीको शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ, वैशाख १ । नेपाल स्टक एक्सचेञ्जमा यो वर्ष १६ बीमा कम्पनीको शेयर थपिएको छ । पाँच जीवन बीमा कम्पनी र ११ निर्जीवन बीमा कम्पनीको १ करोडभन्दा बढी कित्ता शेयर नेप्सेमा थपिएको हो ।

दुई बीमा कम्पनीको हकपद, १३ बीमा कम्पनीको बोनस शेयर र प्रिमियर इन्स्योरेन्सको एफपीओ नेप्सेमा थपिएको हो ।

Esewa
Crest

चुक्ता पुँजी वृद्धिको प्रक्रियामा रहेका बीमा कम्पनीहरुले हकप्रद र बोनसमार्फत पुँजी वृद्धिको बाटो रोज्दा बजारमा बीमा कम्पनीको शेयर थपिएको हो । आर्थिक वर्ष २०७३/७४ को कमाईबाट अधिकांश बीमा कम्पनीले बोनस शेयर घोषणा गरेका हुन् ।

नेप्सेमा नयाँ आर्थिक वर्षयता लुम्बिनी जनरल इन्स्योरेन्स र एनबी इन्स्योरेन्सको हकप्रद शेयर थपिएको छ । लुम्बिनीको ३९ लाख कित्ता र एनबी इन्स्योरेन्सको २७ लाख कित्ता शेयर नेप्सेमा थप भएको हो ।

त्यसैगरी एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सुर्या लाईफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सुर्या लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा थप भएको हो ।

त्यस्तै यही वर्ष निर्जीवन बीमा तर्फको प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) नेप्सेमा सुचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS