काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत स्वास्थ्य बीमा बोर्डका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । बजेट मार्फत स्वास्थ्य बीमा बोर्डले दिने स्वास्थ्य सेवा सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै पाउने व्यवस्था गरिने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्रै उक्त सेवा प्रदान गरिने व्यवस्था मिलाइने शर्माले बताए । यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवस्यक तयारी गरिने भएको छ ।