IME Life New

विवाद नमिले पछि राष्ट्रिय बीमा कम्पनीको सिइओमा ज्ञानेन्द्रराज ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती उपसमितिले सिफारिस गरेका मध्ये तेस्रो वरियतामा रहेको व्यक्तिलाई नियुक्त गर्न कम्पनीको सञ्चालक समितिले नमाने पछि अर्थकै उपसचिव ज्ञानेन्द्रराज ओझालाई काजमा पठाएका छन् ।

अर्थमन्त्री शर्माले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शेखर बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की दिदै आएका थिए । पदपुर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नै नियुक्त गर्न मन्त्रालयले दवाव दिए पछि कम्पनीको सञ्चालक समितिले नटेरेपछि अन्तत शर्माले उक्त उपसमितिकै सिफारिसलाई लत्याएर ओझालाई पठाएका छन् । ‍

Esewa
Crest

चैत १३ गते बसेको नेपाल सरकार अर्थ मन्त्रालयको मन्त्रीस्तरको निर्णयले ओझालाई प्रमुख कार्यकारी अधिकृत भई कामकाज गर्ने गरी जिम्मेवारी तोकेको हो । नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले उक्त निर्णय सहित ओझालाई काजमा खटाएको छ ।

महाशाखाको पत्र पश्चात चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ओझालाई प्रमुख कार्यकारी अधिकृतको काम कर्तव्य र अधिकार प्रयोग गर्ने अख्तियारी प्रदान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको विषयलाई नेकपा माओवादी भित्रका दुई गुटको लडाइले नियुक्ति प्रकृयाँ नै अन्योलमा थियो । माओवादीको एउटा गुटले सुरेन्द्र थापालाई नियुक्त गर्न चाहिरहेको थियो भने अर्को गुटले शेखर बराललाई नै नियुक्त गर्नु पर्ने अडान राख्दै आएको थियो ।

उपसमितिको मूल्याङ्कन अनुसार पहिलो नम्बरमा सुरेन्द्र थापा थिए । दोस्रो नम्बरमा भने रामबहादुर र तेस्रो नम्बरमा बराल थिए । सञ्चालक समितिले उपसमितिको सिफारिस अनुसार पहिलो नम्बरमा रहेका सुरेन्द्र थापालाई नै नियुक्त गर्नु पर्ने अडान राखे पछि शर्माले उक्त उपसमिति नै खारेज गरेर नयाँ प्रकृयाँ अगाडी बढाउने धम्की दिएका थिए । उनको धम्कीले पनि नमाने पछि शर्माले प्रकृयाँ भन्दा बाहिरबाट नियुक्ति गरेका छन् ।

यसरी सञ्चालक समिति र मन्त्री विचमा विवाद भए पछि विगत भदौ महिनादेखि कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन थियो । बीमा समितिले पटक पटक नियुक्तिका लागि ताकेता गरे पछि कम्पनीले टेरिरहेको थिएन । यसैका लागि पदपुर्ति सिफारिस उपसमितिले प्रमुख कार्यकारी अधिकृतका लागि मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए ।

उपसमितिले उनिहरु मध्येबाट गत पुस १३ गते ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सर्ट लिष्टमा परेका तोयनाथ अधिकारी, बुद्धकाजी श्रेष्ठ, राम बहादुर थापा, सुरेन्द्र थापा र शेखर बराल परेका थिए । तर यो सबै प्रकृयाँ निर्थक भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा सरकारको चरम हस्तक्षेप, ‘बराललाई नियुक्ति नगरे प्रकृयाँ नै रद्ध गर्ने धम्की’

6512f4031a812b7a4020a40691f5cdde

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS