काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले पदबाट राजिनामा दिएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले चैत १३ गतेदेखि लागू हुने गरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो पदबाट घरायसी कारण देखाएर राजिनामा दिएका हुन् ।


















