IME Life New

विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा गर्नुपर्छ : ऊर्जा मन्त्री पुन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

२६ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले गाडी दुर्घटनामाजस्तै विद्ययुतीय दुर्घटनामा पनि तेस्रोपक्ष बिमा गर्नु उपयुक्त हुने बताएका हुन् ।

‘यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दूर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्’, मन्त्री पुनले भने,’यसलाई विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनीकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ ।’

Esewa
Crest

विद्युत प्राधिकरणका अनुसार, २०६८ को असारबाट हालसम्म सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिक रुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिवापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।

हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभाव आदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरिक्त वित्तीय बोझ बढेको बताए ।

‘दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्ति वापत प्राधिकरणलाई वाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ’,घिसिङले भने, ‘तसर्थ सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान हो ।’

यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा,चुहावट नियन्त्रण र किफायति उपयोग : सम्मृद्धिको लागि विद्युतको उत्पादनशील प्रयोग’ तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS