IME Life New

बजार बढ्न थाले सँगै यस्ता छन् लगानीकर्ताका अड्कलबाजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजार घट्दा चुप लागेर बस्ने लगानीकर्ताहरु जव बजार बढ्न थाल्छ त्यस पछि अनेकौ अड्कलबाजी गर्दै शेयर खरिद गर्न थाल्छन् । शेयर बजार २२/२३ सयमा हुँदा अझै दुई हजार हाराहारीमा झर्ने अड्कल काट्ने लगानीकर्ताहरु जव बजार सुधार हुन थाल्छ त्यस पछि बजार हल्लाकै भरमा शेयर खरिद गर्न थाल्छन् ।

कार्तिक र मंसिर महिनामा बैंकहरुमा तरलता अभाव चरम विन्दुमा पुग्यो । सँग सँगै शेयर विक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पनि बजार प्रवेश गर्न सकेनन् । तर नेप्से सूचक सबैभन्दा तल्लो विन्दुबाट सुधार हुने क्रम सँगै यस अगाडी बाहिरिएका लगानीकर्ताहरु पुनः बजार प्रवेश गरेका छन् । साथ साथै अवका दिनमा बैंकहरुको तरलता अभावको समस्या विस्तारै समाधान हुने अनुमान गरिएको छ । अर्थमन्त्रालयले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकमलाई बाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने भए सँगै सिडी रेसियोमा केहि राहत पुग्ने र बैंकहरु थप कर्जा विस्तार गर्न सक्ने अवस्थामा पुग्ने विश्लेषण गरिएको छ ।

Esewa
Crest

गत सातामा धेरै समय पछि कर्जा भन्दा निक्षेप बढेको तथ्याङ्क सार्वजनिक भयो । यसले लगानीकर्ताहरुको मनोविज्ञान केहि बढाइदिदएको छ । आगामी चैत बैशाखमा सरकारले स्थानीय तहको निर्वाचन गर्ने पर्नेछ । स्थानीय तहको निर्वाचनको तयारी हुँदै गर्दा भोलिका दिनमा पनि यसले बजार सुधारका लागि केहि सपोर्ट गर्ने विश्लेषण गरिएको छ । यहि आधारमा सुधारिएको शेयर बजारमा लगानीकर्ताहरुले अनौकौ अड्कल काटिरहेका छन् ।

बजार सुधार सँगै विद्युत नियमन आयोगले जलविद्युत कम्पनीको हकप्रद शेयर निष्काशनको प्रकृयाँलाई अगाडी बढाउने चर्चा चलिरहेको छ । यसै क्रममा पुनः जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिने भएको छ ।

बुक क्लोज पछि अधिकाम्स बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा भारी गिरावट भएको देखिन्छ । सस्तिएको शेयर खरिद गर्ने होडबाजीमा शेयर बजारले सुधारको लय समातेको छ । यदि यहि हिसावले बजार सुधार भइरहने हो भने अवको केहि समयमै नेप्सेले नयाँ उचाइ चुम्ने अर्को हल्ला बजारमा चलाइएको छ ।

अर्थमन्त्रालयले सम्बन्धित क्षेत्रलाई पूँजीगत खर्चको लागि दवाव दिदै आइरहेको छ । यदि सरकारको जोडबल अनुसार पूँजीगत खर्च बढ्यो भने बैंकिङ प्रणालीमा पैसा आउने र तरलता अभावको समस्या विस्तारै निराकरण हुने अनुमान गरिएको छ ।

नेप्से सूचक जुन हिसावले सुधार भएको छ त्यहि अनुपातमा लगानीकर्ताको पोर्टफेलियोमा भने सुधार देखिदैन । बुक क्लोज पछि तल झरेको मूल्य उचालिएका कारण उनिहरुको पोर्टफेलियोमा खासै सुधार नदेखिएको हो ।

बजारको सुधार सँगै म्युचुअल फण्ड, संस्थागत लगानीकर्ता, ठुला लगानीकर्ताहरुले पनि विस्तारै शेयर उठाइरहेका छन् । अर्को तर्फ हरेक दिन फरक फरक पोर्टफेलियोमा सुधार देखिदै आएको छ । यसले पनि अवको केहि समय बजार तगाउने संकेत देखाएको छ । एकदमै तल झरेको बाणिज्य बैंकको शेयर मूल्य जति सुकै माथि पुगे पनि तत्काल सप्लाइ आउने देखिदैन । अर्को तर्फ लगानीकर्ताले थोरै थोरै कित्ता मार्फत सस्तिएको शेयरलाई टेको लगाउदै उचालिरहेका छन् ।

यदि उनिहरुले लगाएको टेकोमा बैंकको व्याजदर, तरलता, राष्ट्र बैंकको नीति, सरकारको नीतिले साथ दियो भने बल्ल सुधार हुन थाल्नेछ । होइन भने बजार धेरै माथि पुग्ने देखिदैन । गत साता जुन हिसावले निक्षेप बढेको छ अर्थमन्त्रालयको नीतिको प्रभाव आगामी महिनामा देखिन थाल्ने छ ।

अर्को तर्फ सरकारले भनेजस्तै पूँजीगत खर्च बढ्न थाल्यो भने बैंकिङ प्रणालीमा पैसा आउनेछ । यसले टेकोलाई थप मजबुत बनाउने देखिन्छ । त्यस्तै कोभिड १९ का कारण विगतका दिनमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दा यस वर्ष रेमिट्यान्सको आप्रवाह नै घटेको छ । तर पछिल्लो दुई तीन महिनामा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हेर्ने हो भने उल्लेख्य बृद्धि भएको छ । उनिहरुले अवको केहि समयमा रेमिट्यान्स पठाउन थाल्ने छन् । जसले पनि बैंकिङ तरलतालाई साथ दिन सक्ने विश्लेषण गरिएको छ ।

साकारात्मक सँगै कोभिड १९ को नयाँ भेरियन्टको नकारात्मक कुराहरु पनि आइरहेका छन् । भारतले केहि दिनभित्रै लक डाउन गर्ने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयले पनि केहि दिन अगाडी सबैलाई सतर्कता अपनाउन भन्दै परिपत्र गरेको थियो । यस भन्दा अगाडीको बुलमा कोभिड १९ का कारण ठप्प भएको अर्थतन्त्रमा शेयर बजार उकासिएको थियो । यदि कोभिड १९ को प्रभाव अत्याधिक बढ्ने अवस्था आयो भने बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सक्दैनन् तर निक्षेप भने विस्तारै बढ्ने सक्ने भएकाले फेरि शेयर बजार सुधारको लयमा जाने अनुमान गरिएको छ । यि यस्तै अक्कलबाजीले केहि दिनदेखि शेयर बजारमा लगातार सुधार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS