IME Life New

१९% लाभांश पारित गर्न नेपाल पुनर्बीमाले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभामा उक्त प्रस्ताव समेत पारित हुनेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । ९वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं।चार्टर्ड एकाउन्टेन्टस पुनः नियुक्तिको लागि योग्य रहेको प्रस्ताव पारित गर्ने, नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारणसभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित हुनेछ ।

सभाले प्रबन्धपत्रको दफा ६(२) र (३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने, सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने,कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाईअख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS