IME Life New

शाखा विस्तारको दौडमा-सानिमा लाइफ जनकपुरमा खोल्यो ७ औ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र २५ । सानिमा लाइफ इन्स्योरेन्सको कम्पनीले जनकपुरमा ७ औँ शाखा विस्तार गरेको छ । व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभरनै शाखा संचालनका क्रममा विमा सेवा उपभोग गर्न नपाएका गाउघरका लक्षित जनता गर्दै जनपुरमा शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

सो शाखाको एक बिशेष समारोहका बीच गत चैत्र २४ गते प्रदेश संसाद प्रमेश्वर शाह, कम्पनीका संचालक बद्रिविशाल घिमिरे, प्रवन्धक उषा खडकाद्धारा संयुक्त रुपमा उदघाटन गर्नुभएको हो। उदघाटनपछि बिमा कम्पनीलाई ग्रामिण भेगका सर्वसाधराणको पहुँचमा पु-याउनुपर्ने भन्दै जिवन विमा पश्चात हुने फाइदा तथा सानिमा लाइफ इन्स्योरेन्स विशेषताका बारेमा चर्चा गरिएको थियो ।

Esewa
Crest

सानिमा लाइफ इन्स्योरेन्सले हाल सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन बीमा योजना, सानिमा दीर्घायु बीमा योजना, सानिमा धनपती जीवन बीमा योजना, सानिमा बाल सौगात बीमा योजना संचालन गर्दै आएको छ भने छिट्टै अन्य नया-नया जीवन बिमा योजनाहरु संचालनको तयारीमा रहेको जानकारी सानिमा लाइफ इन्स्योरेन्स जनकपुर शाखा प्रमुख-संजय यादवले दिनु भयो ।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब रहेको छ । जारी पुँजी मध्ये १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भइसकेको छ । ३० प्रतिशत शेयर सर्वसाधारमा जारी गरी बीमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने कम्पनीले जनाएको छ । कम्पनीमा सानिमा बैंक तथा गैर-आवसीय नेपालीहरुको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS