Connect IPS
IME Life

हिमालयन रिको पहिलो तीन महिनामै ४ करोड ७६ लाख रुपैयाँ मुनाफा, खुद बीमा शुल्क आर्जन ८ करोड ८ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को त्रैमाशिक अवधिमै ४ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बीमा समितिले कम्पनीलाई गत जेठमै लाइसेन्स दिए पनि कम्पनी रजिष्ट्रारको कार्यालयले पुनर्बीमा व्यवसाय सञ्चालनको अनुमति भने असार पछि मात्रै दिएको थियो । तर कम्पनीले पुनर्बीमा व्यवसाय सञ्चालन अनुमति पाउनु अगाडी नै खुद बीमा शुल्क आर्जन गरेको देखाएको छ । कम्पनीले गत असार मसान्तसम्ममा एक लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा भने कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आय भने १० लाख १८ हजार रुपैयाँ मात्रै छ ।

Prabhu
Crest

कम्पनीले व्यवसाय सञ्चालन सुरु गरेको तीन महिनामै एक करोड ७ लाख रुपैयाँको दाबी भुक्तानी गरिसकेको छ । साथै २९ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

कम्पनीले पुनर्बीमा व्यवसाय भित्र्याउनका लागि कमिसन मात्रै एक करोड ५२ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले ८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्र्याउन एक करोड ५२ लाख रुपैयाँ कमिशन बापत खर्चिएको हो ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ जम्मा भएको छ । यस अवधिमा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ४ अर्ब २५ करोड रुपैया रहेको छ । अल्पकालिन भने २ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS