IME Life New

नेपालभित्रै अनिवार्य पूनर्बीमाले सुरक्षाको प्रत्याभूतिलाई खस्काउन सक्छः एडिबी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौं । एशियाली विकास बैंक(एडिबी)ले अनिवार्य पूनर्बीमाले बीमा बजारमा उपलब्ध गराइने सुरक्षाको गुणस्तरमा ह्रास ल्याउने टिप्पणी गरेको छ । एडिबीले द इनाब्लिङ इन्भारन्मेन्ट फर डिजास्टर रिस्क फाइनान्सिङ्ग इन नेपाल(विपद जोखिम वित्तीयकरणको लागी अनुकूल वातावरण सिर्जना ) सम्बन्धी नेपाल विशेष अध्ययन प्रतिवेदनमा नेपालले स्वदेशी पूनर्बीमकसँग अनिवार्य पूनर्बीमा सम्झौता गर्ने प्रावधानले समग्र बीमा क्षेत्रलाई थप जोखिममा पार्ने र बीमाशुल्क महँगो पार्ने टिप्पणी गरिएको छ ।

अध्ययनमा प्रतिवेदनमा एडिबिले भनेको छ, ‘पूनर्बीमा एक परिष्कृत व्यवसाय हो, जसमा मानवीय विशेषज्ञता र प्रणालीहरुमा पर्याप्त लगानी, विश्वव्यापी स्थापित सम्पर्कहरु आवश्यक पर्छन् । नेपाल पूनबीर्माको अवधारणाको सम्भावित नकारात्मक पक्ष भनेको पूनर्बीमा एक परिष्कृत व्यवसाय हो, जसमा मानव विशेषता र प्रणालीहरुमा पर्याप्त लगानी र विश्वव्यापीरुपमा स्थापित सम्पर्कहरु आवश्यक पर्दछ ।

Crest

जुन मुलुकमा विनाशकारी घटनाहरु प्रायः हुन्छन्, सरकारी स्वामित्वमा रहेको पूनर्बीमाकर्तामा यी विशेषताहरु छन् भनि सुनिश्चित गर्नु यो महत्वपूर्ण हुनेछ । जस्ले गर्दा समग्र बीमा सेवा क्षेत्रलाई प्रदान गरिएको पूनर्बीमा सुरक्षाको गुणस्तरमा कुनै सम्झौता नहोस् । यसबाहेक यदि नेपाल पूनर्बीमाले मध्यस्थकर्ताकोरुपमा मात्र काम गरिरहेको छ भने यसले बीमाुशल्कमा अतिरिक्त मूल्य थपेर प्रणालीमा लागतको तह थपिरहेको छ । प्रत्येक प्रणाली लागत अन्ततः बीमितहरुले बहन गर्नुपर्छ । नेपाल जस्तो न्यून आय भएको देशमा, जहाँ जनतालाई सस्तो हुने जोखिम बहन कभरेज अधिकतम बनाउन लागतहरु न्यूनीकरण गर्नुपर्छ, उच्च लागत बनाउने कुनै पनि कारक समस्याग्रस्त हुनेछ ।’

अगस्ट २०१९ मा सार्वजनिक गरिएको प्रतिवेदनमा स्पष्टरुपमा लेखिएको छ,नेपाल पूनर्बीमा कम्पनीमा अनिवार्य पूनर्बीमाले प्राथमिक बिमा बजारमा उपलब्ध गराइने सुरक्षाको गुणस्तरलाई संभावितरुपमा खस्काउन सक्छ। र उपभोक्ताहरुको लागी जोखिम बहनकोे लागत बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS