IME Life New

तरलता सहज हुने आशामा हौसिए लगानीकर्ता, सेयर बजारमा २७ अंक बढ्यो, बिमा समूहमा २०८ अंकको सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन खुला गरेपछि बुधबार सेयर बजारमा सुधार आएको छ ।

नेपालका वाणिज्य बैंकले विदेशी बैंकसंग सहुलित दरमा कर्जा ल्याउन पाउने भएपछि बजारमा लगानीयोग्य पुँजीको समस्या समधान भई ब्याजदर घट्ने अनुमानका आधारमा बुधबार सेयर बजार २७ अंकले बढेको छ । बजारमा लगानीयोग्य पुँजी बढेर ब्याजदर घट्ने देखिएपछि लगानीकर्ता हौसिदा नेप्से परिसूचक बढेर १ हजार २२६ अंकमा पुगेको छ ।  बुधबार बीमा समूह को सूचक २०८ अंकको सुधार आएको छ भने, बैंकिङ, होटल, वित्त, जलविद्युत, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य बढेको छ ।

Esewa
Crest

अर्को तिर सरकारले विकास निर्माणमा खटिएका ठेकेदारहरुको भुक्तानी गर्न थालेपछि बैंकिङ प्रणालीमा निक्षेप बढेको छ। एक सातामै निक्षेप १२ अर्ब रुपैयाँले बढेर २२ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।

यसपाली फेरि निक्षेप १२ अर्बले उक्लिएको हो। ‘ठेकेदारहरुले भुक्तानी पाउन थालेपछि त्यसको प्रभाव निक्षेपमा देखिएको हो’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब आगामी दिनमा बिस्तारै निक्षेप बढ्ने देखिन्छ।’

निक्षेप बढ्न थालेपछि बैंकहरुले लगानी पनि बिस्तार गर्न थालेका छन्। गत साता मात्रै बैंकहरुले ५ अर्ब रुपैयाँ ऋण बढाएका छन्। बैंकहरुले कुल १९ खर्ब ७४ अर्ब ऋण दिइसकेका छन्। अबका दिनमा बजार सुधार हुने संकेत देखिन थालेको बजार बिस्लेसकहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS