IME Life New

तपाईलाई धेरै जीवन बीमा योजना किन चाहिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाईलाई कहिले एकभन्दा धेरै जीवन बीमा योजनाहरु आवश्यक हुन्छ ? एउटा जीवन बीमा गरेको छ, पर्याप्त छँदैछ भनेर कतिपय पटक तपाईले अभिकर्तालाई आफ्नो दैलोबाट निराश बनाएर फर्काउनु परेको होला । तपाई यसको बारेमा निर्णय गर्न द्विविधामा पर्न सक्नुहुन्छ ।

सावधिक जीवन बीमाले अनिवार्य बचत र आर्थिक जोखिमविरुद्ध रक्षावरण गर्छ । बीमितको मृत्यु भएको अवस्थामा यसले ईच्छ्याइएको व्यक्ति वा आश्रितलाई आर्थिकरुपमा बलियोे टेवा पु¥याउँछ । एकजनाले एउटै जीवन बीमा कम्पनी वा फरक फरक कम्पनीबाट एक भन्दा धेरै जीवन बीमा गर्न मिल्छ ।

Esewa
Crest

के तपाईलाई एक भन्दा बढी जीवन बीमाको खाँचो छ?
घरमूली वा परिवारको भरणपोषण गर्ने व्यक्तिको वित्तीय दायीत्व जीवनको फरक फरक चरणमा परिवर्तन भइरहेको हुन्छ । अर्काेतर्फ, कर्जा सुविधाको उपयोग र पारिवारिक आवश्यक्ताको कारण पनि वित्तीय दायीत्वहरु थपिन्छ। त्यसैले अप्रत्याशित घटनाबाट परिवारको अन्नदाताको मृत्यु भएको अवस्थामा वा पूर्ण अपाङ्गता भएको अवस्थामा आइपर्ने वित्तीय दायित्वलाई थेग्न एउटा मात्र जीवन बीमा योजना पर्याप्त नहुनसक्छ । त्यसैले, एकभन्दा बढी जीवन बीमा योजना खरिद गर्नुपर्ने हुन्छ । बीमितको आयको आधारमा उसको वार्षिक आय को लगभग २० गुणासम्म बीमांक कायम गरेर बिमा कम्पनीले बीमालेख जारी गर्नसक्छन् ।

यदि तपाईसँग सावधिक योजना (दीर्घकालीन अनिवार्य बचत योजना) को लागी पर्याप्त आम्दानी छैन भने तपाईले कम्तीमा घर कर्जा,सवारी कर्जा, व्यापार कर्जालगायतको सबै वित्तीय दायीत्वलाई बहन गर्न सक्ने म्यादी जीवन बीमा गराउनुहोस् ।
म्यादी जीवन बीमाको शुल्क अपत्यारिलो ढंगमा ज्यादै नै सस्तो छ । उदाहरणको लागी ३० वर्षे यूवकले वर्षको रु. ३ हजारमै रु. १० लाखको बीमा गर्न संभव छ । म्यादी जीवन बीमा योजनाले बीमितको मृत्यु भएको अवस्थामा वा दुर्घटनामा परेर अपाङ्गता भएको अवस्थामा दाबी भुक्तानी गर्छ ।

ध्यान दिनुपर्ने पक्षहरु
एउटै बीमकबाट एकजना बीमितले खरिद गर्न सक्ने कूल बीमांकको सीमा तोकिएको हुन्छ । यस्तो सीमा बीमकपिच्छे फरक फरक हुनसक्छ । जति सुकै बीमांकको बीमा गरेपनि अधिकत्तम सीमा भन्दा बढी रकम भुक्तानी नदिने अवस्था पनि हुनसक्छ । तसर्थ एउटै बीमा कम्पनीमा पूर्ण निर्भर रहनुभन्दा फरक फरक बीमा कम्पनीबाट फरक फरक विशेषताको बीमा योजना छनौट गर्नु उपयुक्त हुन्छ ।
आफूले खरिद गरेको सबै जीवन बीमा योजनाहरुको विस्तृत विवरणसहित व्यवस्थितरुपमा अभिलेख राख्नु एकदमै महत्वपूर्ण हुन्छ । साथै बीमालेखलाई पनि बीमा अवधि पुरा नहुँदासम्म पूर्णरुपले सुरक्षित राख्नुपर्छ ।
आफूले इच्छ्याएको व्यक्ति सम्बन्धमा कुनै परिवर्तन गर्नु छ भने बीमकलाई लिखितरुपमा यसको बारेमा जानकारी दिनुपर्छ ।

बीमाका शर्तहरुः
नियमित बीमाशुल्क किस्ता भुक्तानी जीवन बीमा अन्तर्गतको जोखिम बहनको एक अनिवार्य शर्त हो । त्यसैले बीमाको सबै सेवा सुविधा उपयोग गर्न र बिलम्ब शुल्क(जरिवाना)बाट जोगिनको लागी नियमितरुपमा बीमाशुल्क तिर्नुपर्छ ।
अचेल प्रायः सबै बीमा कम्पनीहरुले आफ्नो वेभसाइट वा मोबाइल एप्समार्फत् नै बीमितको सम्पूर्ण विवरण हेर्न सकिने उपलब्ध गराएका छन् । साथै मोबाइल बैंकिङलगायत डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्ने सुविधा समेत उपलब्ध गराएका छन् । यो सुविधाले निर्धारित समयमै घरै बसेर बीमाशुल्क भुक्तानी गर्न सहज बनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS