काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चौँथो शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकबाट संचालनमा ल्याएको छ । बैंकले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त सेवाको शुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन इलाम नगरपालिकाका मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरेका छन् ।
साथै, उक्त सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ ।
बैंकले १८७ शाखा सहित १९० एटिएम मार्फत बैंकिङ्ग सुविधा दिँदै आएको छ ।