काठमाडौं । नेप्सेले सिईडिबी हाइड्रोपावरको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म तोकेकोमा पहिलो कारोबार अधिकतम मूल्य प्रति कित्ता ४१६ रुपैयामा भएको थियो । त्यसपछि कम्पनीको बजार मूल्य ९ दशमलव ८६ प्रतिशतले वृद्धि हुँदै ४५७ प्रति कित्ता पुगेर बजार बन्द भएको छ। कम्पनीको बजार मूल्य आज ४१ रुपैयाँ प्रति कित्ताले वृद्धि भएको हो । कम्पनीको ५ वटा कारोबार ४१६ मा भएकोमा त्यसपछिका ५ कारोबार पछि नै कम्पनीको मूल्यमा माथिल्लो सर्किट लागेको थियो । नेप्सेको फ्लोरसिटलाई आधार मान्दा कम्पनीको आज २८ वटा कारोबार भएका छन्।
३ बजे बजार बन्द हुनु अघि सिईडिबी हाइड्रोपावरको आज माथिल्लो सर्किट मूल्य ४५७ मा ७ लाख कित्ता माथि खरिदकर्ता थिए भने बिक्रीकर्ताको संख्या शुन्य थियो। त्यस्तै कम्पनीको आज बजार बन्द हुँदासम्म जम्मा खरिदकर्ता ९ लाख कित्ता माथि थिए ।