IME Life New

नेपाल पुनर्बीमामा चहलपहल बढ्यो, सर्वाधिक कारोवार भएको दिनमा कुन ब्रोकर आक्रामक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड बराबरको शेयर कारोवार भएको छ। कम्पनीको आज सर्वाधिक शेयर कारोवार भएको हो । कम्पनीको बजार मूल्य ४ दशमलव ६२ प्रतिशतले वृद्धि हुँदै १६३१ मा कम्पनीको बजार मूल्य बन्द भएको छ।


नेपाल पुनर्बीमा कम्पनीको आजको फ्लोरसिट हेर्दा  खरिद गर्ने ब्रोकर नै  थोरै आक्रामक भएको देखिन्छ। ब्रोकर नम्बर ४४ बाट नेपाल पुनर्बीमाको सर्वाधिक ६ करोड बराबरको शेयर खरिद भएको छ सो ब्रोकरबाट आजको कारोवारको १०.६७ % शेयर खरिद भएको छ । त्यस्तै ब्रोकर नम्बर ४५ बाट ५ करोड ८ लाख बराबरको शेयर खरिद भएको छ ।

Esewa
Crest

त्यस्तै बिक्री तर्फ ५८ नम्बर ब्रोकरबाट ४ करोड ४७ लाख बराबरको शेयर बिक्री भएको छ भने ब्रोकर नम्बर ४९ बाट २ करोड ९३ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ५८ बाट आजको कारोवार रकमको ७ दशमलव ८८ प्रतिशतले शेयर बिक्री भएको  छ भने ब्रोकर नम्बर ४९ बाट  आजको कारोवार रकमको ५ दशमवल १३ प्रतिशत शेयर बिक्री भएको छ ।
ईण्ट्राडे हेर्दा कम्पनीको बजार मूल्य १६५४ को उच्च विन्दु सम्म पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS