Connect IPS
IME Life

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडको पहलमा हिमालयन रि ले १२ दिनमै पायो लाइसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडको पहलमा हिमालयन रि इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको छ । यस कम्पनीमा दुगड ग्रुपको प्रमुख लगानी रहेको छ । पुरानो व्यवसायिक घराना दुगड समुह सँग नेकपा एमालेको पुरानो सम्बन्ध रहेको छ ।

बीमा समितिमा आवदेन दिएको १२ दिनमै कम्पनीले नयाँ लाइसेन्स प्राप्त गरेको हो । अहिलेसम्म कुनै पनि बीमा कम्पनीहरुले यदि छिटो लाइसेन्स प्राप्त गरेका छैनन् । प्रधामन्त्रीका विश्वासपात्र दुगडले आफु सहित आफ्ना निजिकका व्यवसायको लगानीमा पुनर्बीमा कम्पनीको लाइसेन्स हात पारेका हुन् ।

Prabhu
Crest

नेपालमा हाल एक मात्रै पुनर्बीमा कम्पनी रहेको र निजी क्षेत्रबाट पनि केहि पुनर्बीमा कम्पनीको आवस्यकता रहेको भन्दै नेकपाकै निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले यसको चर्चा सुरु गरेका थिए । उनले नयाँ पुनर्बीमा कम्पनी आवस्यक रहेको संकेत दिए सँगै व्यवसायीहरु कम्पनी स्थापनाको अभियानमा जुटेका थिए । जुन समुह पहिलादेखिनै कम्पनी खोल्ने अभियानमा थिए उनिहरुले लाइसेन्स पाउन सकेनन् ।

बीमा समितिकै एक अध्ययनले नेपालमा अधिकतम थप दुई वटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन सकिने भन्दै सुझाव दिएको थियो । तर यस समुहले धेरै वटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन नहुने सुझाव दिदै आफुले मात्रै लाइसेन्स प्राप्त गर्ने रणनीति तय गरेका थिए । सोहि अनुसार बीमा समितिले पनि एउटा मात्रै कम्पनीलाई लाइसेन्स दिइने भन्दै सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गर्यो । तर पुर्ववत सेटिङ अनुसार प्रस्ताव पेश गर्ने अन्तिम समय सकिएको १२ दिनमै लाइसेन्स प्रदान गरेको छ ।

प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले गत जेठ ८ गते संसद विघठन गरेको विषयलाई लिएर सर्वोच्चमा रिट परेको छ । सर्वोच्चले जुन सुकै समयमा पनि जे सुकै निर्णय गर्न सक्ने भन्दै सरकारले हतार हतारमा लाइसेन्स दिएको हो ।

यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान तथा निवर्तमान गरि तीन जना अध्यक्ष रहेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS