काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ । आगामी आर्थिक वर्षमा न्युनतम पनि ५० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने भएको हो । यसका लागि स्वास्थ्य बीमा बोर्डको क्षमता अभिबृद्धि गर्ने भएको छ ।
बीमा कार्यक्रमको दिगोपनाका लागि बैकल्पिक वित्तिय स्रोतको व्यवस्था गर्ने अर्थमन्त्रीले बजेट वक्तव्यमा उल्लेख गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।