Connect IPS
IME Life

हटकेक नेपाल पुनर्बीमा कम्पनीको २२१ दिनमा ४८ अर्ब २३ करोडको कारोबार  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोस्रो बजारको हटकेक नेपाल पुनर्बीमा कम्पनीको २२१ दिनमा ४८ अर्ब २३ करोड रुपैयाँको कारोबार भैसकेको छ । यहि अवधिमा ४ करोड २० लाख कित्ता कारोबार भएको छ । २२१ दिनमा ४ लाख ७५ हजार पटक कारोबार भएको छ ।  सुरुको एक महिना खासै कारोबार नभए पनि पछिल्लो समय सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा पर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीले अघिल्लो वर्षको चैतमा एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो । चैतमा प्राथमिक शेयर निष्काशन गरेको कम्पनीको दोस्रो बजारमा भने असार १५ गतेदेखि कारोबार सुरु भयो । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको साउन भदौमा निषेधाज्ञा गर्दा कतिपय प्राथमिक शेयरधनीले सानोतिनो गर्जो सम्म टार्न भ्याए । यहि पुनर्बीमा कम्पनीमा कमाएको देखेर प्राथमिक बजारमा लगानीकर्ताको ओहिरो लाग्यो ।

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको १६ प्रतिशत मात्रै सर्वसाधारण तर्फ रहेको छ । शेयर संरचनाः नेपाल सरकारको ४४.०३९ प्रतिशत, बीमा कम्पनी तथा अन्य संस्थाहरुको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत छ । सर्वसाधारण समुहको अधिकाम्स शेयर प्राथमिक शेयरधनीहरुले अझै पनि होल्ड गरेर बसेका छन् । दोस्रो बजारमा बिक्री भएको शेयर पनि कर्नरिङ गरेर ठुला लगानीकर्ताले होल्ड गरेर राखेका छन् । सुरुवाती अवस्थामा कर्नरिङ गरेर बढाइएको नेपाल पुनर्बीमाको शेयर पछिल्लो समय हकप्रदको हल्लाले बढिरहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गर्न बाँकी छ । उक्त साधारणसभामा कम्पनीले पूँजी बढाउन बोनस शेयर तथा हकप्रदको प्रस्ताव ल्याउन सक्ने हल्लाले नै दोस्रो बजारमा कम्पनीको शेयर हटकेक बन्दै आइरहेको छ । बजारमा हल्ला चलेजस्तो आधिकारिकता थाहा पाउन अझै केहि समय कुर्नु पर्ने हुन्छ ।

आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको वित्तीय विवरण हेर्ने हो भने नेपाल पुनर्बीमाको जगेडा कोषमा तीन अर्ब ६० करोड रुपैयाँ छ । यहि कोषबाट नै कम्पनीले लाभांस दिने हो । अहिलेसम्म लाभांस नदिएकोले यस वर्ष लाभास दिनै पर्ने दवावमा कम्पनी रहेको छ । यहि कोषलाई आधार मान्ने हो भने कम्पनीले अधिकतम २० देखि ३० प्रतिशत लाभास दिन सक्ने छ ।  यहि तथ्याङ्कलाई आधार मानेर पनि लगानीकर्ताको ध्यान पुनर्बीमा कम्पनीमा परेको छ ।

विगत एक महिनाको अवधिमा १६ वटा ब्रोकरले ८ लाख ४८ हजार ९५२ कित्ता शेयर होल्ड गरेर राखेका छन् । सबैभन्दा धेरै ४४ नम्बरको ब्रोकरले २ लाख ५ हजार कित्ता शेयर खरिद गरेर राखेको छ । यस ब्रोकरले पछिल्लो समय शेयर उठाइरहेको देखिन्छ । यस ब्रोकरको होल्डिङ रहेको शेयरको औषत मूल्य नै १६३६ रुपैयाँ छ ।

नेपालमा अझै पनि अधिकाम्स लगानीकर्ताले ब्रोकरहरुको सल्लाहमा शेयर खरिद बिक्री गर्छन् । कतिपय कारोबार ब्रोकरको रणनीतिमा चल्ने भएकाले उनिहरुले विभिन्न किसिमका हल्ला चलाउने गरेका छन । अर्को तर्फ बुलिस ट्रेण्डको मुखैमा सूचिकृत भएको नेपाल पुनर्बीमा कम्पनीले दोस्रो बजारमा राम्रो भ्यालु पाउन सफल भएको छ । यसले गर्दा पनि कम्पनी हटकेक र सबैको चासोको रुपमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS