IME Life

कोरोना संक्रमित कर्मचारीको सम्पुर्ण खर्च बीमा कम्पनीले नै बेहोर्नु पर्ने, कार्यालय प्रवेश गर्नु अगाडि पिसिआर अनिवार्य

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएमा सम्पुर्ण खर्च कम्पनी आफैले बेहोर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई पिसिआर परिक्षण शुल्क लगायत सम्पुर्ण खर्च बेहोर्न निर्देशन दिएको हो ।

कम्पनीहरुले कर्मचारीलाई घर, अस्पताल वा होटलमा आईसोलेसन वा क्वारेन्टीनमा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । साथै, आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालयमा फर्कदा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउनु पर्नेछ ।

Prabhu
Crest

आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरिक्त विदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । यस निर्देशन सँगै बीमा कम्पनीका कर्मचारी यदि कोरोना संक्रमणबाट आईसोलेसन बस्नु पर्यो भने अन्य विदाबाट कटौती गर्न पाइने छैन ।

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिम बढ्दै गईरहेको सन्दर्भमा कम्पनीमा कार्यरत कर्मचारीहरुमा संक्रमण जोखिम उच्च हुने देखिएकोले यस्तो निर्देशन दिइएको समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS