IME Life New

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र स्पर्श लघुवित्त वित्तीय संस्थाबीच बैंकान्सुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स र स्पर्श लघुवित्त वित्तीय संस्थाबीच बैंकान्सुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा वित्तीय संस्थाको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत-सजल खड्का तथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत-नारायण बाबु लोहनीले हस्ताक्षर गरेका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले बैंकमार्फत आफ्ना जीबन बीमा लेखहरु बिक्री गर्नुका साथै वित्तीय संस्थाको शाखा संजाल प्रयोग गरी देशको कुना कुनामा बीमाको पहुच बिस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

Esewa
Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनता बैंक, आइसिएफसि फाइनान्स लिमिटेड, मुक्तिनाथ बिकाश बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्थासग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS