IME Life New

दाबी भुक्तानीका लागि विद्युतिय माध्यमबाट दाबी फर्छौट पूर्जा जारी गर्न पाइने, बीमा कम्पनीमै पुग्नु नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले दाबी भुक्तानीका लागि विद्युतिय माध्यमबाट दाबी फर्छौट पूर्जा जारी गर्न पाउने भएका छन् । कोरोना महामारीका कारण दैनिक आवत जावतमा संक्रमणको जोखिम रहेको भन्दै बीमा समितिले दाबी भुक्तानीमा बाधा उत्पन्न भएमा बीमित वा हितकारी व्यक्तिले इमेल मार्फत डिस्चार्ज भौचरमा हस्ताक्षर गर्ने र सो कागजपत्रलाई कानुनी मान्यता रहने बताएको छ ।

बीमितले दाबी भुक्तानी पाउनु अगाडि दाबी फर्छौट पूर्जा ‘डिस्चार्ज भौचर’ मा आधिकारिक हस्ताक्षर गर्नु पर्छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्नु अगाडि यस्तो भौचरमा हस्ताक्षर नगरि दाबी भुक्तानी गर्न नपाउने भएकाले कोभिड १९ का कारण बीमित सम्बन्धित कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थालाई मध्यजनर गर्दै समितिले यस्तो भौचरलाई केहि सहजिकरण गरिदिएको हो  ।

Esewa
Crest

दाबी रकम उपलब्ध गराउनका लागि बीमा कम्पनीले बीमितको आधिकारिक इमेलमा डिस्चार्ज भौचर मेल गरिदिनु पर्ने हुन्छ । बीमा कम्पनीले पठाएको उक्त भौचर प्रिन्ट गरेर बीमितले हस्ताक्षर गरेर पुनः इमेल मार्फत नै बीमा कम्पनीमा पठाउनु पर्छ । बीमितले यसरी पठाएको हस्ताक्षरलाई आवस्यक चेक जाँच गरेर आधारिकता प्रदान गरि दाबी फर्छौट गर्न पाउने समितिले जनाएको छ ।

समितिले यो व्यवस्था नेपाल सरकारले लकडाउन गरेको अवस्थासम्ममा मात्रै लागु हुनेछ । तर समितिले यस्तो व्यवस्थालाई सामान्य अवस्थामा पनि कार्यान्वयनमा ल्याउदा राम्रो हुने विज्ञहरु बताउछन् । पछिल्लो समय नेपाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा तथा लकडाउन गरिरहेको छ । यस्तो अवस्थामा न त बीमितहरु बीमा कम्पनीमा पुग्न सक्छन्  न त बीमा कम्पनीहरुले बीमितलाई बोलाउन सक्छन् । बीमितले दाबी भुक्तानीमा समस्या बेहोर्नु नपरोस भनेर पनि यस्तो व्यवस्था गरिएको बीमा समितिमा एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS