IME Life New

स्वास्थ्य बीमा कार्यक्रम पाचौं वर्षमा प्रवेश, स्वास्थ्य बीमा गर्नेको संख्या ३७ लाख ७४ हजार पुग्यो 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रम पाचौं वर्षमा प्रवेश गरेको छ । ४ वर्षको अवधिमा स्वास्थ्य बीमा गर्ने कुल बीमितको संख्या ३७ लाख ७४ हजार ६ सय ५३ पुगेको छ ।

कुल ११ लाख २६ हजार ८१ घर परिवारका ३७ लाख भन्दा बढी बीमितहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बीमा बोर्डले पाचौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालले कुल बीमित मध्ये सेवा लिई रहेका व्यक्तिहरुको संख्या १४ लाख ४५ हजार ५ सय ३३ रहेको बताए । स्वास्थ्य बीमा गर्ने मध्ये ३४ प्रतिशतले मात्रै सेवा लिइरहेको बोर्डले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, अति गरिब र विपन्न ४ लाख ६० हजार ७ सय ७८ जना ,  जेष्ठ नागरिक बीमितमा ४ लाख २३ हजार जना , एचआईभी पोजेटिभमा १३ हजार ५ सय ९ जना , अति सशक्त अपाङ्गमा ५३ हजार ६ सय २४ जना, टि.भी रोगमा १ हजार ५ सय ६६ जना र महिला स्वास्थ्य स्वयंसेविको सङख्या ४७ हजार ८ सय ४४ जना स्वास्थ्य बीमा बोर्डमा आवद्ध छन् ।

स्वास्थ्य बीमाको ईतिहास लगभग डेढ सय वर्ष भईसकेको अवस्थामा हामी भर्खर चौथौ वर्षमा प्रवेश गरेको बोर्डका कार्यकारी अधिकृत बसौलाले जानकारी दिए । उनले भने ‘यसै आर्थिक बर्षभित्र हाम्रो योजना अनुरुप स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार हुँदैछ ।’

२०७२ साल चैत्र २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम विधिवत रुपमा शुरु भएको थियो । पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम बाट शुरु भएको स्वास्थ बीमा कार्यक्रम यस आर्थिक बर्षको फागुन मसान्तसम्ममा  ६९ जिल्लामा विस्तार भएको छ । बाँकी ६ जिल्लामा भने स्वास्थ्य बीमा बोर्डले चैत २५ गते (भोलि) एकै साथ उद्घाटन गर्ने भएको छ । बोर्डले चैत २५ गते ताप्लेजुङ,  दोलखा,  बारा,  सर्लाही,  मनाङ र मुस्ताङमा एकै दिन स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने भएको हो । यस सँगै स्वास्थ्य बीमाको पहुँच ७५ वटा जिल्लामा पुग्ने छ । बाँकी रहेको २ जिल्ला काठमाडौं र भक्तपुरमा पनि यसै आर्थिक बर्ष भित्र विस्तार गर्ने बोर्डको लक्ष्य छ ।

“स्वाथ्य सेवामा सर्वव्यापी पहुँचका लागिः स्वास्थ्य बीमा” भन्ने नाराका साथ काठमाडौं र ललितपुर बाहेकका बाँकी ६ वटा जिल्लाहरुमा भर्चुअल माध्यमबाट स्वास्थ्य बीमा सदस्यता दर्ता गरेर शुभारम्भ हुनेछ । बीमीतहरुलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रमको आवदता र मोबाईल एस.एम.एस सेवा समेतको घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बीमीतलाई दुःख दिएको खण्डमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसँग निरन्तर रुपमा कार्य गर्न नसकिने बताए । स्वास्थ्य बीमासँग आवद्ध भएका नागरिकहरुलाई सेवा प्रदायकहरुले दिँदै आएको सास्ती आफूले नै नजिकैबाट देखेको हुँदा यस्तो समस्याले बीमित मारमा पर्ने भएकाले आगामी दिनमा त्यस्ता सेवाप्रदायकसँग निरन्तर कार्य अघि नबढाउने उनले बताए ।

साथै,  सरकारले स्वास्थ्य बीमालाई सशक्त ढंगबाट अगाडि बढाउन वार्षिक, आर्थिक र दीर्घकालीन रुपमा अन्तर्राष्ट्रिय अभ्यास गराउनुपर्ने बसौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS