IME Life New

पुराना निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशनमा गिरावट, किन घट्यो कमिशन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पुनर्बीमा कमिशन बापत एक अर्ब ८४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेका छन् । १९ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ० दशमलब १० प्रतिशतले मात्रै बृद्धि गर्न सफल भएका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ आर्जन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरुले आफ्नो जोखिम पुनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्दा कमिशन प्राप्त गर्छन् । उक्त कमिशनलाई कम्पनीले आम्दानीको रुपमा उल्लेख गर्न पाउछन् । यस वर्ष अधिकाम्स पुनर्बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन घटेको छ । जस मध्ये ९ कम्पनीको पुनर्बीमा कमिशन बापतको आय घटेको छ । अधिकाम्स पुराना निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशनमा गिरावट आएको देखिन्छ ।

Esewa
Crest

कोभिड १९ को समयमा दाबी नपर्ने अनुमान गर्दै कतिपय बीमा कम्पनीहरुले आफैले धेरै जोखिम बहन गर्न खोज्दा यसको आयमा कमि आएको हुन सक्ने राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए । यस वर्ष पुनर्बीमा कम्पनीहरुले पुनर्बीमा कमिसन घटाएकोले पनि कम्पनीको यस्तो आएको घटेको अर्यालको विश्लेषण छ ।

पुनर्बीमा कम्पनीहरुले यस वर्ष कमिसन घटाउने पोलिसी बनाउदा नेपाली बीमा कम्पनीहरुको आयमा प्रभाव परेको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए । पुराना पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी तथा जगेडा कोष बढेका कारण जोखिम बहन गर्ने क्षमता बढेको र विदेशमा पठाउने पुनर्बीमा पनि घट्दा कमिशनमा गिरावट देखिएको क्षेत्रीको विश्लेषण छ ।

कोभिड १९ का कारण सरकारले लक डाउन गर्दा दुर्घटनाको अनुपात घट्ने अनुमान सँगै कतिपय पुनर्बीमा कम्पनीहरुले आफैले जोखिम बहन गर्न खोजेको विश्लेषण गरिएको छ । कोभिड १९ का कारण हवाइ जहाज तथा हेलिकप्टर ग्राउण्डेड भए । ग्राउण्डेड हुँदा जोखिम कम हुने भन्दै कतिपय निर्जीवन बीमा कम्पनीहरुले चलाखी गरेको हुन सक्ने कतिपय विश्लेषकहरु बताउछन् ।

पछिल्लो समय केहि निर्जीवन बीमा कम्पनीहरुले चर्को बजार प्रतिस्पर्धाका कारण नक्कली पोलिसी बिक्री गर्ने गरेको विज्ञहरु बताउछन् । व्यवसाय धेरै देखाउन आफैले क्रियट गरेको पोलिसीको पुनर्बीमा गर्नु नपर्ने भएकाले पनि पुनर्बीमा कम्पनीमा कमि आएको हुन सक्ने विश्लेषकहरु बताउछन् ।

अधिकाम्स पुराना बीमा कम्पनीको पुनर्बीमा कमिशन घटेतापनि नयाँ जीवन बीमा कम्पनीहरुको भने बढेको छ । उनिहरुको बीमा कोष, चुक्ता पुँजी र जगेडा कोष कम हुने भएकाले जोखिम बहन गर्न सक्ने क्षमता कम हुन्छ । जोखिम बहन गर्न नसक्ने कतिपय पुराना निर्जीवन बीमा कम्पनीहरुको भने यस्तो आय बढेको देखिन्छ ।

(स्रोतः बीमा समिति, विवरण रु. हजारमा)

निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै पुनर्बीमा कमिशन आय शिखर इन्स्योरेन्सको छ । कम्पनीले यसै अवधिमा २८ करोड ७५ लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले २८ करोड २  लाख रुपैयाँ पुनर्बीमा कमिशन आम्दानी गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको पुनर्बीमा कमिशन २ दशमलव ६१ प्रतिशतले मात्र बढेको छ।

सिद्धार्थ इन्स्योरन्स कम्पनीले पुस मसान्तसम्ममा १७ करोड ७४ लाख रुपैयाँ पुनर्बीमा कमिशन आय गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६७ लाख रुपैयाँ पुनर्बीमा कमिशन आम्दानी गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको पुनर्बीमा आय ० दशमलव ४२ प्रतिशतले बढेको हो ।

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा पुनर्बीमा कमिशन आय २ दशमलव २४ प्रतिशतले बढाएर १४ करोड ७४ लाख रुपैयाँ आय गरेको छ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले १३ करोड ८८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ११ करोड ७९ लाख रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले १० करोड २३ लाख रुपैयाँ पुनर्बीमा कमिशन आय आर्जन गरेका छन् ।

त्यस्तै, आइएमई जनरलले ८ करोड ९६ लाख रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ८ करोड ८४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स ८ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ८ करोड ४४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्सले ७ करोड ५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्योरेन्सले ६ करोड ८२ लाख रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले  ६ करोड १९लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ५ करोड २६ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ४ करोड ९५ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ४ करोड ९३ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेनसले ४ करोड ८७ लाख रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सले ४ करोड ७ लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS