IME Life New

कोभिड १९ का कारण स्वीस रि ८७ करोड अमेरिकी डलरले नोक्सानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकाम्स नेपाली बीमा कम्पनीहरुले पुनर्बीमा गराउदै आएको स्वीस रि इन्स्योरेन्सको मुनाफा सन् २०२० मा कोभिड १९ को कारण ८७ करोड अमेरिकी डलरले नोक्सानमा देखिएको छ। जवकी स्वीस रिले सन् २०१९ मा ७२ करोड अमेरिकी डलर मुनाफा आर्जन गरेको थियो।

Esewa
Crest

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण दाबी धेरै पर्दा नोक्सानमा देखिएको हो। नोक्सानमा देखिएको स्वीस रिको बीमा शुल्क आर्जन तथा कमिसन आम्दानी भने बढेको छ। सन् २०२० मा कम्पनीले ४० अर्ब अमेरिकी डलर प्रिमियम तथा कमिसन आर्जन गरेको थियो। सन् २०१९ मा ३८ अर्ब अमेरिकी डलर थियो।

कम्पनीले ३१ डिसेम्बर २०२० सम्मको महामारी लागतहरू (क्षतिपूर्ति र रिर्जभ) समूहका विभिन्न गतिविधिहरूमा विभाजित गरी ३.९ बिलियन अमेरिकि डलर विभाजन गरेको छ।

जसमध्ये कम्पनीले सन् २०२० को अन्यसम्ममा १.९ विलियन अमेरिकी डलर सम्पत्ति र दुर्घटनामा , ९९९ मिलियन अमेरिकि डलर जीवन र स्वास्थ्य व्यवसायको वर्गका लागि , ९४३ अमेरिकि डलर प्रत्यक्ष बीमा इकाई कर्पोरेट समाधानहरूको लागि , २७ मिलियन डलर अमेरिकी डलर लाइफ क्यापिटल एकाई कोषमा विभाजन गरेका छन् ।

स्वीस रिको ५० प्रतिशत बजार अमेरिकामा रहेको छ। त्यस्तै १८ प्रतिशत एशियामा छ भने बाँकी ३२ प्रतिशत युरोप लगायत अन्य देशहरुमा छ। कुल बीमा शुल्कको ४० प्रतिशत सम्पत्तीको छ भने २४ प्रतिशत दायित्वको छ।

नेपालमा सबैभन्दा धेरै मोटर बीमाको व्यवसाय रहेको छ तर स्वीस रिको तेस्रो धेरे ब्यवसाय मोटर बीमाको रहेको छ। जसको बजार हिस्सा १६ प्रतिशत मात्रै छ।

कम्पनीले अप्रिल २०२१ मा हुने वार्षिक साधारण सभामा शेयरधनीहरुको लागि प्रतिशेयर ६.३ प्रतिशत लाभांश प्रस्ताव गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS