IME Life New

बीमा समिति निरिक्षणमा आक्रामक, जानकारी नै नदिइ छड्के चेक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समिति कम्पनीहरुको निरिक्षणमा आक्रामक देखिन थालेको छ। नियामक निकाय समितिले पछिल्लो एक महिनामा ६ वटा निरिक्षण गरिसकेको छ। समितिले आफ्नो नियमित कामको रुपमा विभिन्न कम्पनीहरुमा समुह बनाएर नियमित निरिक्षण गरिरहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। समितिले जानकारी नै नदिइ छड्के निरिक्षण गरिरहेको छ। कम्पनीहरुले तथ्याङ्क लुकाउन सक्ने भन्दै समितिले पुर्वजानकारी नदिइ निरिक्षण कार्यालाई तिव्रता दिइरहेको छ।

समितिका निरिक्षण शाखा प्रमुख सुशिलदेव सुवेदीको नेतृत्वमा नेको, सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको स्थलगत अनुगमन सुरु भएको छ। अनुगमनका क्रममा निरिक्षण टोलिले कम्पनीको अण्डर राइटिङ, दाबी, पुनर्बीमा, वित्तीय विवरण, सुशासन, समितिले जारी गरेका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्था, खरिद प्रकृयाँ, सम्पत्तीको सदुपयोग, सम्पत्ती शुद्धिकरण लगायतका सूचकहरुको अनुगमन गरिने समितिले जनाएको छ। कम्पनीहरु भित्रका विक्रिती के कस्ता छन् भन्ने थाहा पाउनका लागि पनि स्थलगत निरिक्षण गर्नु परेको पौडेलले बताए। निरिक्षणमा देखिएका सामान्य गल्तीलाई तत्काल सुधार गर्न सुझाव दिइने कार्यकारी निर्देशक पौडेले बताए। उनले भने ‘यदि कम्पनीले ठुलो नै अनियमितता गरेको भए कारबाहीको सिफारिस गर्छौ।’

Esewa
Crest

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण निर्देशकहरुलाई बोलाएर कम्पनीहरुको नियमित निरिक्षण गर्न निर्देशन दिएका थिए। उनले हरेक दिन चेक लिष्ट बनाएर कम्पनीको सुपरिवेक्षण गर्न निर्देशन दिएका छन्। कुन कम्पनीमा को निरिक्षणमा गएको छ र उसले के प्रतिवेदन बनायो भनेर पनि हेरिने उनले इन्स्योरेन्स खवर सँगको कुराकानीका क्रममा बताएका थिए।

उनले निरिक्षणका क्रममा समितिले दिएको निर्देशन पालना भए नभएको चेक जाच गर्न पनि अनुरोध गरेका छन्। समितिले अहिलेको निरिक्षणलाई निरन्तरता दिदै जाने पौडेलले बताए। केहि कम्पनीको स्थलगत निरिक्षण पछि समितिले आवस्यक निर्देशन जारी गर्ने उनले जानकारी दिए।

बीमा समितिले गएका वर्षमा कम्पनीको निरिक्षण गर्ने तर निरिक्षणका क्रममा देखिएका कमिकमजोरी बाहिर सार्वजनिक गर्ने गरेको थिएन।  कतिपय कम्पनीहरुको प्रभावमा समिति पर्ने गरेको आरोप पनि लाग्दै आएको छ।

निरिक्षण बाहेक समितिले पछिल्लो समय बीमा कम्पनीहरुलाई विभिन्न तथ्याङ्कहरुको माग गर्दै सर्कुलर जारी गरिरहेको छ। समितिले पछिल्लो समय बीमा कम्पनीहरु सँग प्रथम बीमा शुल्कको पोलिसी के कति बिक्री भएको छ भन्दै तथ्याङ्क माग गरेको छ। समितिले अभिकर्ताको तथ्याङ्क, जारी भएका पोलिसीको तथ्याङ्क माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS