IME Life New

नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन गर्दै बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नयाँ पुनर्बीमा कम्पनी सञ्चालनका लागि दिन दिनै घोषणा हुन थाले पछि बीमा समितिले सम्भाव्यता अध्ययन सुरु गरेको छ। समितिले बीमा विज्ञ भोजराज शर्माको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।

समितिमा शर्मा सहित बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेन्ट सुजन आचार्य रहेका छन्। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल आउनु भन्दा अगाडि नै समितिमा तीन वटा कम्पनी दर्ता भैसकेका छन्। पछिल्लो समय काठमाडौं रि इन्स्योरेन्सले पनि प्रक्रिया सुरु गरेको छ।

Esewa
Crest

समितिमा अन्नपुर्ण, प्रुडेन्सियल र जेन्युन रि इन्स्योरेन्स कम्पनीको नाम दर्ता भएको छ। यस अगाडिका अध्यक्षले लाइसेन्स नै दिने योजना सहित दर्ता गराए पनि सफल हुन सकेका थिएनन्। समितिमै दर्ता भए पछि सिलवालले भने यसको सम्भाव्यता अध्ययन गराउने भएका हुन्।

समितिले २१ दिन भित्रमा सम्भाव्यता अध्ययनको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको अध्यक्ष सिलवालले जानकारी दिए। नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण पछि नयाँ कम्पनी स्थापनाका लागि नेपाली लगानीकर्ताको थप आकर्षण देखिएको हो। पुनर्बीमा कम्पनीको व्यवसाय नेपालमा मात्रै नभएर विश्वमै हुने विज्ञहरु बताउछन्।

नेपालमा पुनर्बीमा कम्पनीहरु कसरी सञ्चालन हुन सक्छन्, विदेशमा पुनर्बीमा कम्पनीहरु कसरी सञ्चालन भैरहेका छन् साथै उनिहरुको व्यवसायको सम्भाव्यता के कस्तो छ भनेर अध्ययन गरिने अध्ययन समितिका एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS