IME Life New

नयाँ पुनर्बीमा कम्पनी : ‘काठमाडौं रि’ खोल्ने तयारी, को को छन् नेतृत्वमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रकृयाँ अगाडि बढाउनेको संख्या बढ्न थालेको छ। केहि कम्पनीले बीमा समितिमा नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सिङ पाउ भन्दै दर्ता प्रक्रियाअगाडि बढाइसकेका छन्। त्यसै क्रममा बीमा तथा बैंकिङ क्षेत्रका केहि व्यक्तिहरुको अगुवाइमा ‘काठमाडौं रि’ खोल्ने तयारी अगाडि बढाइएको छ।

काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बीमा कम्पनी खोल्ने तयारी थालिएको छ । खोल्न लागिएको काठमाडौं रि इन्स्योरेन्सको तयारी अन्तिम चरण मा नै पुगिसकेको स्रोतले जनाएको छ ।

Esewa
Crest

पूँजी संरचना
हाल स्थापना गर्न लागिएको काठमाडौं रि इन्स्योरेन्सको अधिकृत पूँजी २० अर्ब रुपैयाँ रहेको छ । जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ भने तत्काल चुक्ता पूँजी ७ अर्ब रहने छ ।

शेयर वितरण संरचना
संस्थापकलाई ७० प्रतिशत (४० प्रतिशत संस्थागत, ३० प्रतिशत व्यक्तिगत) छुटाइएको छ । बाँकि ३० प्रतिशत सर्वसाधरणलाई छुटाइएको छ ।

विदेशी साझेदार
७० प्रतिशत संस्थापक शेयरमध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिइने गरी पत्राचार भइसकेको छ ।

संचालक समिति
२ जना संस्थागत, दुई जना व्यक्तिगत, दुई जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी सात जना सदस्यीय संचालक समिति रहने जनाइएको छ ।

प्रारम्भिक योजनाकार तथा संस्थापक
प्रस्तावित उक्त कम्पनीमा बीमा क्षेत्रको निमनकारी निकाय बिमा समितिका पूर्ब अध्यक्ष, देवेन्द्र प्रताव साह । उनी बीमा क्षेत्र बाहेक बैंक नेपाल बैंक र कृषि विकास बैंकको समेत प्रमुख कार्यकारी अधिकृत र चार्टर्ड एकाउन्टेन्ट थिए ।

त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीका पूर्ब अध्यक्ष महेश गुरागाईं उनी चार्टर्ड एकाउन्टेन्ट, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पुर्व अध्यक्ष, नेपाल धितोपत्र बोर्डको पुर्व संचालक सदस्य पनि थिए ।

त्यसैगरी बीमा कम्पनीका सबै भन्दा पुराना सीईओ हाल महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई रहेका छन्। उनी यसअघि नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, महालक्ष्मी विकास बैंकका पुर्व सिइओ तथा नेपाल बीमक संघका पुर्व अध्यक्ष समेत रहेका थिए ।

ज्योति विकास बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत, आइएमई लाइफ इन्स्योरेन्स र रेमिट टु नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS